धरौटीमा छुटीन आस्था - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धरौटीमा छुटीन आस्था


दमक/गायिका आस्था राउतले अभद्र व्यवहार गरेको अभियोगमा चार दिनको म्याद थपेर अनुसन्धान गर्ने भनेकै भोलिपल्टै रिहा भएकी छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार रुपैयाँ धरौटी लिएर गायिका राउतलाइ मंगलबार रिहा गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यले राउतको बारेमा जानकारी दिदै चार हजार धरौटी बुझाएर राउत रिहा भइसकेकी बताए ।

दुई साताअघि झापा हुँदै सिक्किम जाने क्रममा राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच सुरक्षा चेकजाँचमा विवाद भएको थियो । उक्त विवाद त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलमा भएको हो ।

सो विवाद पछि राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै प्रहरीले तँ भनेको भन्दै प्रहरीलाई डन्ठे, फोहरका किरा जस्ता शब्द प्रयोग गरेर गाली गरेकी थिइन् । दिएकी थिइन् । त्यसैको आधारमा राउतविरुद्ध श्रेष्ठले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सम्बन्धित खवर