युरोप र बिनिताको आवाजमा ‘पोरोक्मी माङमे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोप र बिनिताको आवाजमा ‘पोरोक्मी माङमे’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान

दमक/गायक युरोफ सम्बाहाम्फे लिम्बू र गायिका बिनिता चेम्जोङ लिम्बूको आवाजमा रहेको किरात लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘पोरोक्मी माङमे’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार पदमदुःखी सम्बाहाम्फे लिम्बूको शव्द रचना रहेको गीतको भिडियो माङसेबुङ न्यूज टिभी युट्यूव च्यानल बाट सार्वजनिक गरिएको हो ।

संगीतकारद्धय कृष्ण ओझा र खड्क बोहोराले संगीत भरेको गीतलाई टङक लिम्बू कुरुम्भङले संगीत संयोजन गरेका हुन् ।

माङसेबुङ न्यूज टिभीले तयार पारेको भिडियोलाई प्रवीन सेलिङ ‘सेन्दो’ले छाँयाङन तथा सम्पादन गरेका हुन् ।

रिफ रेकर्डिङ स्टुडियो दमक झापामा रेकर्डिङ गरिएको गीतलाई रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ टंक लिम्बूले गरेका हुन् ।

सम्बन्धित खवर