लोकेनकोे निर्देशनमा स्रेयसीको ‘देउरालीको डाँडा पाखा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेनकोे निर्देशनमा स्रेयसीको ‘देउरालीको डाँडा पाखा’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
दमक/ख्याती प्राप्त निर्देशक लोकेन साम्बा लिम्बूको निर्देशनमा ‘देउरालीको डाँडा पाखा’ भिडियो सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायिका स्रेयसी चेम्जोङ लिम्बूको आवाजमा रहेका भिडियोमा रेखा फागो लिम्बू, योगेन्द्र राई र सर्मिला यक्सो लिम्बूले अभिनय गरेका छन् ।

गीतकार लिम्बूवान कवि ताम्लीङको शव्द सृजना रहेको गीतलाई संगीतकार कुमार दुमी राईले संगीत भरेका छन् भने, बिष्णु अधीकारीले संगीत संयोजन गरेका हुन् ।

उत्सव दहालको छाँयाङकन, लोकेश थापाको सृङगार तथा आर स्क्वेर कलेक्सन बुटिकको पहिरन रहेको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन् ।

ओपल स्टुडियोमा रेकर्डिङ गरिएको ‘आकाङछा’ गीति एल्वममा संग्रहित गीतको भिडियो केकेए क्रिएटीभ क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस :-

 

 

सम्बन्धित खवर