नेपाली कथानक चलचित्र ‘बैनाबट्टा’को ट्रेलर सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली कथानक चलचित्र ‘बैनाबट्टा’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
दमक/नेपाली कथानक चलचित्र ‘बैनाबट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ । सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति रहेको चलचित्र बैनाबट्टाको ट्रेलर ओएसआर डिजिटल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

निर्माता प्रेम लावतीले निर्माण गरेको चलचित्रमा निदेशक राज चाम्लिङको कथा निर्देशन रहेको छ । चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह सह–निर्माता रहेका छन् ।

यसैगरि आदिवासी जनजाती समुदायमा एक प्रथाको रुपमा रहेको बैनाबट्टाको कथालाई चित्रण गर्न खोजिएको चलचित्रमा कमल राइको नृत्य निर्देशन रहेको चलचित्रमा छायाँकन तथा सम्पादन देबजँग थापाले गरेका हुन् ।

चलचित्रमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुले दमदार अभिनय गरेका छन् ।

नविन खवासको सह–निर्देशन तथा सौजन सुव्बाको मुख्य सह–निर्देशनमा निर्माण गरिएको चलचित्रको गीतमा मेलिना राई, राजु लिम्बू, दिपा लामा, सन्तोष राई र दिपसन लिम्बूले आवाज दिएका छन् ।

यसरीनै राज चाम्लीङको शव्द रहेको चलचित्रमा बुद्ध इङवा, राज चाम्लीङ र सन्तोष राईको संगीत भरेका छन् ।

सम्बन्धित खवर