नेकपाद्धारा निवर्तमान उपसभामुख शिवमायालाई केन्दीय सदस्यमा मनोनयन - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपाद्धारा निवर्तमान उपसभामुख शिवमायालाई केन्दीय सदस्यमा मनोनयन

दमक/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

नेकपा केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।

तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी तुम्बाहाङ्फेले उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप पार्टीको सदस्यता त्यागेकी थिइन् ।

सम्बन्धित खवर