इलामको माङसेबुङमा अन्तर वडास्तरीय महिला फुटबल र पुरुष भलिबल सुरु - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा अन्तर वडास्तरीय महिला फुटबल र पुरुष भलिबल सुरु

दमक/इलामको माङसेबुङमा अन्तर वडास्तरीय महिला फुटबल प्रतियोगिता र वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुदै आएको सो प्रतियोगिता बुधबार देखि माङसेबुङ गाउँपालिका वडा नं. २, को डोलटार खेलमैदानमा सुरु भएको हो ।

बुधबार सुरु भएको महिला तर्फको वडा नं. २, र वडा नं ३, बीच भएको पहिलो खेलमा ट्राइवेकरमा वडा नं. २ ले ३–२ को नतिजा निकाल्दै दोस्रो चरणको यात्रा तय गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि नतिजाको लागि खेल ट्राइवेकरमा धकेलिएको थियो । वडा नं. २, ले दोस्रो चरणको यात्रा तय गरेसँगै वडा नं. ३ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसरीनै अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगितामा वडा नं. ६, र वडा नं. १, वीच भएको खेलमा पहिलो सेटमा २५–१९ भने दोश्रो सेटमा २५–६ को फराकिलो अन्तरले वडा नं. ६, विजयी भएको थियो ।

वडा नं. ६, विजयी भए संगै वडा नं. १ भने प्रतियोगिताबाट बाहिरीएको छ । माङसेबुङ गाउपालिकाको आर्थिक वर्ष ७६/७७ का लागि ११ लाख ४० हजार विनियोजित खेलकुद शिर्षक अन्तर्गत आयोजित प्रतियोगिताको बिहिबार फूटबलतर्फ वडा नं. १ र ६ विच प्रतिष्पर्धा हुने माङसेबुङ खेलकुद विकास समितिका सचिव धड्कन सङबाङफेले बताए ।


माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने महिला फुटबल प्रतियोगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनौट समेत गरिने सचिव सङबाङफेले बताए ।

यसरीनै माङसेबुङमा बर्षेनी सञ्चालन हुने पबित्रहाङमा कपमा गाँउपालिकाले अनिबार्य सहभागी गराउने भएकोले राम्रा खेलाडीहरुलाई सोही खेलबाट छनोट गरी अवसर दिने माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रविक्रम खजुमले बताए ।

अध्यक्ष खजुमले भलिबल खेल विकासको लागि भलिबल खेलको आयोजाना गरिएको बताए । उनले फुटवल तर्फ प्रतेक खेलको फेयर आठ हजार र भलिवल तर्फ प्रतेक खेलको फेयर दूई हजार प्रदान गरिने बताए ।

माङसेबुङ गाउपालिका अध्यक्ष डिकेन्द्र इधिङगोको प्रमुख अतिथ्यतामा सम्पन्न उद्धघाटन कार्यक्रममा उपाध्यक्ष सुनिता सुव्वा, माङसेबुङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष मैतराज राई, वडा नंं ६ का अध्यक्ष प्रदिप राई लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा फुटवल तर्फ विजेताले नगद पुरस्कार २५ हजार र उपविजेताले नगद पुरस्कार २० हजारको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ ।

भलिवल तर्फ विजेताले नगद पुरस्कार ३० हजार र उपविजेताले नगद पुरस्कार २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ । दुबै खेलको फाइनल खेल माघ २० गते हुनेछ ।

सम्बन्धित खवर