सम्पुर्ण जातिहरुको आत्मासम्मान मिल्ने ठाउँ हो लिम्बुवान मञ्च - लिङ्देन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सम्पुर्ण जातिहरुको आत्मासम्मान मिल्ने ठाउँ हो लिम्बुवान मञ्च – लिङ्देन

 

 

 

सङ्सेमी माङयुङ
दमक/ठूलो पार्टीमा लाग्दैमा केही नहुने कुरा कुमार लिङ्देन मिराकले बताए ।

निवर्तमान सभामुख कृष्णबहादुर महराको उदाहरण दिदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले सो कुरा बताए । परेको बेला कार्बाहीको भागिदार आफू स्वयम् हुने बताए । त्यसैले ठुला पार्टीको पछि कुद्न छोडेर लिम्बुवान र पहिचानका लागि मञ्चमा आउन अनुरोध गरेका छन । पार्टीमा गोलबन्द हुँदै लिम्बुवान प्राप्तिमा सशक्त रुपले लाग्न भनेका छन ।

शनिबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च दमक नगर कार्य समितिले किरात भवन दमकमा आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रममा लिङ्देनले कार्यकर्ता प्रशिक्ष भेलामा सो कुरा बताएका हुन ।

मञ्चमा नव प्रबेशीहरु

कांग्रेस, कम्युनिस्टहरुले राजनीति दर्शन समाजवादी र पुजीवादी मात्रै हुने भने पनि संघीय मञ्चले भने छुटै तेस्रो धार वा दर्शनको रुपमा सह–अस्तित्ववादको स्थापना गर्न लागेको जिकिर गरे । जहाँ सम्पुर्ण जातिहरुको अस्तित्वको आत्म सम्मान हुनेछ ।

लिम्बुवानलाई जातिवादी पार्टी भन्छन काङ्ग्रेस, कम्युनिस्टहरु तर जाति बिना कोही अछुत नहुन्र भन्दै लिङदेनले कम्युनिस्टहरुको मुख्य दर्शन नै जात वा थरबाट निर्देशित भएको बताए । कार्ल माक्र्सले सुरु गरेको साम्यवादी निती नै उनको जातबाट मार्क्सवादी भनेर विश्वभर स्थापित भएकोछ । त्यसैले लिम्बुवान पहिचानवादी पार्टी भएको बताए ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरु

यसरीनै समय ब्यस्तताको कारण सुरुमै बोलेका पार्टीका उपमहासचिव दिलकुमार लावतीले माघ २३ बाट हिउदे अधिबेशन हुनै लागेको भन्दै प्रदेशको नाम एकात्मवादिले पहिचानको नमेट गरेर राख्ने तयारी गरिरहेकोले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । बिर्तामोडबाट लिम्बुवान आन्दोलनको सुरु भए पनि आन्दोलनको उदगम बिन्दु दमक भएकोले दमकले सशक्त रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा दमक, चुलाचुली लगायतका करिव २ दर्जन भन्दा बेशी मान्छेहरु लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् ।

यामबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न प्रशिक्षणको संचालन मनु साम्पाङ राईले गरेकी थिइन ।

 

सम्बन्धित खवर