गायिका सीता र गायक सन्चमानको ‘आखेन नुमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायिका सीता र गायक सन्चमानको ‘आखेन नुमा’ सार्वजनिक (भिडियो सहित)

आन्छुमे नसान
माङसेबुङ/दशकयता लिम्बू तथा नेपाली गीत संगीतमा छाई रहेका गायिका सीता सिंगक र सिक्किमेली गायक सन्चमान लिम्बूको आवाजमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘आखेन नुमा’ भिडियो सार्वजनिक गरिएको छ ।

सिक्किमेली गायक सन्चमान लिम्बूकै शब्दरचना रहेको गीलाई र गायक तथा संगीतकार सेमीहाङ सिंगकले संगीत गरेका हुन् । लिप्सिङ भिडियोको रुपमा मा सिता र सन्चमानको जोडीनै देखिएका छन् ।

इशक जबेगुको छाँयाङकन तथा सम्पादन रहेको यस भिडियोलाई गायिका सीताकै अफिसियल यु–ट्युब च्यालन ‘फेदापहाङ्मा’बाट सार्वजनिक गरिएको हो ।

भिडियोमा राजु कार्कीको संगीत संयोजन तथा अस्मिता राईको सृङगार रहेको छ भने, धिरेन तुम्बापोले सहायक छाँयाङकन गरेका हुन् ।

लिम्बू भाषाको गीत संगीतबाट चर्चा बटुल्न सफल गायिका सीताको थ्रप्रै गीतहरु चर्चित छन् । यसरीनै गायक सन्चमानले पनि निकैनै लोकप्रिय लिम्बू गीतहरु दिइसकेका छन् ।

भिडियो हेर्नुहोस :-

सम्बन्धित खवर