इलामको माङसेबुङमा जारी महिला फुटबलमा वडा नं. ६ फाइनलमा प्रवेश - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा जारी महिला फुटबलमा वडा नं. ६ फाइनलमा प्रवेश

माङसेबुङर/इलामको माङसेबुङमा जारी वडास्तरीय महिला फुटबल प्रतियोगितामा वडा नं. ६ फाइनल प्रवेश गरेको छ । आज शनिबार भएको सेमिफाइनल खेलमा वडा नं. ६ ले वडा नं. ५ लाई ० का विरुद्ध ३ गोलको नतिजा निकाल्दै वडा नं. ६ ले फाइनल खेल्ने पक्का गरेको हो ।

खेलको म्यान अफ दि म्याच माङसेबुङ ५ का खेलाडी जर्सी नं. १० का सन्जु लिम्बु घोषित भइन् ।

जितसँगै माङसेबुङ वडा नं. ६ ले फाइनल खेल वडा नं. २सँग खेल्ने छ । फाइनल खेल माघ २० गते सोमबार हुनेछ । गतवर्ष पनि उपाधिका लागि वडास्तरीय महिला फुटबल प्रतियोगितामा वडा नं. ६ र वडा नं. २ नै फाइनल प्रवेश गरेको थियो ।

महिला फुटबल खेलका लागि प्रति खेल ८ हजार फेयर रकम प्रदान गरिने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलको दोस्रो स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

माङसेबुङ खेलकुद विकास समितिलेको आयोजनाा प्रत्येक वर्ष भइरहेको महिला फुटबल प्रतियोगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनौट गरी पबित्रहाङमा गोल्ड कपमा सहभागी गराइने खेलकुद समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

सम्बन्धित खवर