दमक/चीनबाट महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या तीन सय नाघेको छ ।
वुहानबाट फैलिएको कोरोना भाइरका कारण शनिवारसम्ममा चीनमा ३ सय ४ जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । यस भाइरसबाट १४ हजार ३ सय ८० जनामा सक्रमण रहेको छ ।
कोरोनाका कारण ३ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ८५ जना उपचारका क्रममा फर्किने अवस्थामा रहेको चीनको राष्ट्रिय स्वास्थ्य कमिशनले जनाएको छ । चीनले कोरोनाबाट सक्रमणमा रहेका हरुलाई छुट्टै अस्पतालमा राख्नका लागि अस्पताल बनाई सकेको छ । चिनले १० दिनमै नयाँ अस्पतालको निर्माण गरि कोरोना भाइसबाट संक्रमणमा परेकालाई छुट्टै अस्पतालमा राखेर उपचार गरीरहेको जनाएको छ ।
नेपाल, भारतलगायत नेपालसहित १८ देशमा फैलिसकेको छ । अमेरिका र अष्ट्रेलियाले चिनियाँ नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न प्रतिबन्ध लागाएका छन् । नेपालस्थित चीनिया दूतावसले पनि चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ भने नेपालले पनि आफ्ना नागरिकको उद्दारका लागि दुईवटा छुट्टै जहाज तयारी अवस्थामा रहेको जनाएको छ ।
स्रोतः एजेन्सी