संगीतको निर्देशनमा फुलेन्देको बाउ र कौशिलाको अभिनयमा ‘छुईया पकन्दी’ सार्वजानिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीतको निर्देशनमा फुलेन्देको बाउ र कौशिलाको अभिनयमा ‘छुईया पकन्दी’ सार्वजानिक (भिडियो सहित)

आन्छुमे नसान
मङसेबुङ/संगीतकार संगीत आङखेवा लिम्बूको निर्देशन रहेको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘छुईया पकन्दी’ भिडियो युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।

गायक सुमन कुरुम्बाङ र गायिका सीता सिङघकको सुरिलो आवजमा सजिएको गीतलाई भीम चेम्जोङले शव्द रचना गरेका हुन् ।

संगीत आङखेवा लिम्बुको संगीत रहेको भिडियोमा मौसम इम्बुङ(फुलेन्देको बाउ) र कौसिला चोङ्गबाङ लिम्बुले अभिनय गरेका छन् ।

राजु कार्कीको संगीत संयोजन रहेको भिडियोलाई नगिन धिमाल र तीर्थराज राईले खिचेका हुन् ।

भिडियोमा शान्ता लिम्बुको श्रृगांर रहेको छ भने, ड्रोनअपरेटर नगिन धिमालकोे रहेको छ ।

पुर्बको झापा भद्रपुरका रमणिय स्थलमा छाँयाकन गरिएको भिडियोमा प्रकृति पूजक किरातीहरुको चासोक तङ्नाममा आधारित दृश्यहरु समाबेश गरिएको छ ।

सुमन कुरुम्बाङले निर्माण गरेको, नवीन निरौलाको सम्पादन रहेको भिडियो हाङ अनलाईन टिभी युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस :-

सम्बन्धित खवर