सच्चा प्रेमीको कथामा भ्यालेन्टाई सार्वजनिक - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सच्चा प्रेमीको कथामा भ्यालेन्टाई सार्वजनिक

सङसेमी माङयुङ
दमक/पत्रकार देशराज नेम्बाङद्धारा अभिनित लघु चलचित्र भ्यालेन्टाइनको प्रिमियर सो सम्पन्न भएको छ ।

कौशिला खेवा र देशराज नेम्बाङले अभिनय गरेको फिल्मले प्रेममा रमाउने युवायुवतीहरुलाई लक्षित गरी प्रेम दिवस नजिकिदै गर्दा आइतबार चलचित्र भ्यालेन्टाइनको प्रिमियर सो गरेको हो । उक्त फिल्मलाई मौलिक टिभी यूट्युव च्यानलबाट काष्ट गर्ने फिल्मका अभिनेता नेम्बाङले बताएका छन् ।

निरन साम्पाङले निर्देशन, छाँयाकंन र सम्पादन गरेको फिल्ममा प्रेम गर्ने युवायुवतीहरुमा देखिएको बेतिथि, बेरोजगार र प्रेममा धोका खाएको युवाको मनस्थितीलाई देखाउन खोजिएको छ ।

स्थानीय लेभलमा सुसुप्त अवस्थामा रहेका कलाकारहरुलाई उजागर गर्दै आएको र आगामी दिनमा सामाजिक सचेतना कार्यमा अग्रसर हुने उद्देश्य रहेको समेत जानकारी गराए ।

सम्बन्धित खवर