माङसेबुङमा जारी पुरूष भलिबल फाइनल खेलमा वडा नं. २ र ६ भिड्दै - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा जारी पुरूष भलिबल फाइनल खेलमा वडा नं. २ र ६ भिड्दै

माङसेबुङ/इलामको माङसेबुङमा जारी वडास्तरीय पुरूष भलिबल फाइनल खेलमा वडा नं. २ र वडा नं ६ आमुने सामुने हुने भएका छन् ।

आइतबार भएको दुई सेमिफाइनल खेलमा वडा नं. ६ र वडा नं. २ विजयी हुदै उपाधिका लागि आमुने सामुने हुने भएका हुन् ।

पहिलो समेमिफाइनल खेलमा वडा नंं ६ ले वडा नं. ३ लाई २२–२५ र २३–२५ को सोझो सेटमा पाखा लगाएको हो । खेलको म्यान अफ दि म्याच वडा नं. ३ का श्रीप्रसाद लिम्बु घोषित भएका थिए ।

त्यस्तै वडा नं.२ ले वडा नं. ५ लाई १०–२५ र १७–२५ को फराकिलो अन्तरले पाखा लगाएको हो । खेलको म्यान अफ दि म्याच वडा नं. ५ का दिपसागर लिम्बु घोषित भए । फाइनल सोमबार हुने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले २५ नगद हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलको दोस्रो स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यस्तै महिला फुटबलमा बिजेताले ३० हजार, उपबिजेताले २० हजार ट्रफी म्याडल प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिता माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुदै आएको छ । बुधबार देखी जारी प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नंं २ को डोलटार खेलमैदानमा हुदैं छ ।

सम्बन्धित खवर