माडसेबुडमा सञ्चालित खेलकुदको फाइनल सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माडसेबुडमा सञ्चालित खेलकुदको फाइनल सम्पन्न


माडसेबुड/माडसेबुडको वडा न. २ मा सञ्चालित वडा स्तरीय महिला फुटवल तथा पुरुष भलिवल खेलको फाइनल सम्पन्न भएको छ ।

सोमबार वडा न. २ डोलटार खेलमैदानमा सम्पन्न खेलको महिला फुटवल खेलमा वडा न. ६ विजेता बनेको छ । विजेता वडा न. ६ ले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उपविजेता बनेको वडा न. २ ले भने २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित बुझाउनु परेको छ ।

यसरीनै पुरुष भलिवल खेलतर्फ वडा न. २ विजेता बनेको छ । विजेता वडा न. २ ले २५ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित बुझाउदै वडा न. ६ उपविजेता बनेको छ ।

माङसेबुङ गाउँपालिका भित्र रहेको ६ वटा वडाबाट महिला र पुरुष तर्फका एक एक टिम सहभागी बनेका थिए ।

माडसेबुडको खेल विकासको लागि प्रत्येक वर्ष माडसेबुड खेलकुद विकास समितिले आयोजना गर्दै आएको खेल यस वर्ष वडा न. २ मा आयोजना गरेको थियो ।

सम्बन्धित खवर