गच्छदार सांसदबाट स्वतः निलम्बित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गच्छदार सांसदबाट स्वतः निलम्बित

दमक/ कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार दिरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्रतिनिधिसभा सदस्यबाट गच्छदार स्वतः निलम्बित भएका छन् ।

गच्छदार विरुद्धको मुद्दा किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । गच्छदार त्यो अवस्थामा कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् ।

यसअघि कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि राजनीतिक जीवन समाप्त भएको थियो ।

सम्बन्धित खवर