गंगा र गगनको सुमधुर आवाजमा ‘हिम सम्धाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, फागुन ०९, २०७६
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र गगनको सुमधुर आवाजमा ‘हिम सम्धाङ’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
माङसेबुङ/गायिका गंगा फियाक लिम्बू र गायक गगन प्रकाश लावतीको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ मर्मस्पर्शी लिम्बू गीत ‘हिम सम्धाङ’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार सङसेस सेर्मा लिम्बूको शव्द सृजना रहेको सुमधुर गीतलाई गायक गगन प्रकाश लावतीलेनै संगीत गरेका हुन् ।

मायालु संगको बिछोडिएर बस्दाको पिडा, मायालुको खवर थाहा नहुदाको पिडा र बाध्यताले छुट्नु परेको भावहरु समाबेश गरिएको गीतको लिप्सिङ भिडियोमा गंगा र गगनलेनै अभिनय गरेका छन् ।

राजु कार्कीको संगीत संयोजन रहेको गीतको भिडियोलाई बिबि लिम्बू र पर्सु लिम्बूले छाँयाङकन तथा सम्पादन गरेका हुन् ।

थोक्फेला गार्मेण्टको पहिरन रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस :-

सम्बन्धित खवर