‘लिटल बुद्ध’ भनिने बमजनलाई पक्रिन प्रहरी बमजनको आश्रममा - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘लिटल बुद्ध’ भनिने बमजनलाई पक्रिन प्रहरी बमजनको आश्रममा


दमक/ ‘बाल तपश्वी’ वा ‘लिटल बुद्ध’ भनेर परीचित रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीको टोली शुक्रबार बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ ।

बलात्कार, हत्या, हिंसालगायतका विभिन्न आरोप लागेका बमजनविरुद्ध आनीहरूले यौन शोषण गरेको, बेपत्ता पारेको आरोप लागेका छन् । यीनै आरोपले गर्दा उनलाई पक्राउ गर्न लागिएको प्रहरी जनाएको छ ।

सिन्धुली जिल्ला अदालतबाट बमजनलाई पक्राउन गर्न बिहीबार अनुमति लिइएकोले उनलाई पक्राउ गर्न उनको आश्रम पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलले यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएकी छन् ।

सम्बन्धित खवर