दमकमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने


दमक/ हात्तीपाइले विरुद्धको औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन दमकमा वडा स्तरीय छलफल कार्यक्रम गरिएको छ ।

दमक नगरपालिकाको वडा न. १ र ७ मा बिहीबार अन्तक्र्रिया गरिएको हो । अन्तक्र्रियामा औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सचेतना कार्यक्रम तिव्र रुपले सञ्चालन गरिरहेको दमक जनस्वास्थ्यका निरीक्षक बद्री बरालले जानकारी गराए ।

विगतका वर्षहरुमा खासै प्रभावकारी बन्न नसकेकोले यस वर्ष औषधि सेवन कार्यक्रमको लागि सचेतनामा जोड दिइएको हो । शनिबारदेखि सञ्चालन हुने हात्तीपाइले विरुद्धको औषधि सेवनलाई यस वर्ष जनस्वास्थ्य कर्मीको निगरानीमा खुवाउन लागिएको हो । अघिल्ला वर्षहरुमा भने महिला स्वास्थ्य स्वयमसेविको निगरानीमा खुवाउने गरिन्थ्यो ।

शनिवार दमक नगरपालिकामा भएको भिविन्न केन्द्रमा औषधि सेवन गराइने छ । त्यस पछि एकसाता भित्र नगरबासी प्रत्येकको घरमा पुगेर औषधि खुवाउने जनाएको छ ।

दमक नगरमा रहेको भुटानी शरणार्थी शिविरमा समेत यस वर्ष औषधि सेवन गराउने कार्यक्रम रहेको छ । नगरबासी करिव ७० हजारलाई औषधि खुवाउने लक्ष्य रहेको जनाएको छ ।

सम्बन्धित खवर