नालीफूङवा पाङयक पान्जुम्भो बिर्तामोडको अध्यक्षमा : मेर्वा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफूङवा पाङयक पान्जुम्भो बिर्तामोडको अध्यक्षमा : मेर्वा


बिर्तामोड/किरात धर्म सम्बद्ध तन्नेरीहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालीफूङवा पाङयक पान्जुम्भो बिर्तामोड बुद्ध मेर्वाको अध्यक्षतामा समिति गठन गरिएको छ ।

शनिबार झापाको बिर्तामोड नगरपालिका ५ मा किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो झापाको आयोजनामा सम्पन्न एक कार्यक्रमले मेर्वाको अध्यक्षतामा १४ सदसिय समिति गठन गरिएको हो ।

नव गठित उपाध्यक्षमा दिपेन मेन्याङ्बो, सचिवमा सोफिया आङ्देम्बे, सह–सचिवमा कमला राइ र कोषाध्यक्षमा विमला केरुङ चयन भएका छन् ।

सदस्यहरुमा कुमारी केरुङ, इक्सा योङ्हाङ, उषा लिङ्देन, मुकुहाङ हाङ्गाम, इक्साहाङ हाङ्गाम, विवेक अन्छङबो, विपना मादेन, रिना राई र सीता राई रहेका छन् ।

कार्यक्रममा किरात साम्यो नालिफुङवा मुजोत्लुङ्ग पान्जुम्भो केन्द्रिय सदस्य राजेन्द्र इधिङ्गो, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रिय सदस्य हस्त केरुङ्ग, किरात साम्यो नालिफुङवा मुजोत्लुङ्ग पान्जुम्भो पूर्व केन्द्रिय सदस्य कृष्ण साँवा, किरात साम्यो नालिफुङवा थुम पान्जुम्भो झापा पूर्व अध्यक्ष विचारी लावती र समाजसेवी फडिन्द्र अन्छङवो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नव गठित समितिलाई माङ्गफुङ्ग, खदा लगाइ शुभकामना समेत दिइएको कार्यक्रममा थुम पान्जुम्भो उपाध्यक्ष सरिता लिङदेनले स्वागत तथा औचित्य मन्तव्य राखेकी थिईन् । थुम पान्जुम्भो सचिव डिल्ली इङनामको सञ्ंचालन रहेको कार्यक्रम थुम पान्जुम्भो अध्यक्ष सुक बहादुर योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर