सुनिताको सुमधुर आवाजमा ‘तिम्रो मुटुमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिताको सुमधुर आवाजमा ‘तिम्रो मुटुमा’ सार्वजनिक(भिडियो सहित)


माङसेबुङ / सुमधुर आवाजकी धनी गायीका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको मनछुने गीत ‘तिम्रो मुटुमा’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

पछिल्लो समय एक पछि अर्को गीतहरु दिन सफल चुलीदों चर्चामा रहेकी गायीका थेगिमको गीतको भिडियो रिदम फिल्म युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायक तथा नायक यस कुमारको शब्द सृजना तथा संगीत रहेको भिडियोलाई गोङवाले निर्देशन रगरेका हुन् । प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई समेटिएको भिडियोमा गायिका सुनितालेनै परी भएर अभिनय गरेकी छन् ।

पवन वाङग लिम्बुको संगीत संयोजन रहेको म्यूजिक भिडियोलाई विकाश मगरले छायाँकन तथा सम्पादन गरेका हुन् ।

यस गीतको मेल भर्जन भने यो भन्दा पहिलैनै सुनिताको आफ्नै दाजु एकदेव थगिमको सुमधुर आवजमा सार्वजनिक गरिएको हो ।

दर्शक स्रोताले निक्केनै रुचाएको यो गीतलाई गायीका सुनिता थेगिमले प्रेम दिवसको कोसीलीको रुपमा लिएर आएकी हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर