संसदमा पाँचथरको भ्रुणहत्या प्रकरण - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संसदमा पाँचथरको भ्रुणहत्या प्रकरण


माङसेबुङ / प्रतिनिधिसभाका सांसद मीनबहादुर विश्वकर्माले दलित उत्थानका नाममा ठूला कुरा गर्ने सरकारले राष्ट्रिय दलित आयोगलाई बेवारिसे बनाएको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘सरकारको रवैया कारण राष्ट्रिय दलित आयोग वेवारिसे अवस्थामा पुगेको हो।’ उनले सरकारको वेवास्ता कारण राष्ट्रिय दलित आयोग विघटनको निष्कर्षमा पुगेको बताए । दलित आयोगलाई बेबारिसे बनाएर दलित उत्थानका मुद्दालाई ओझेलमा पार्न खोजेको बताए ।

उनले समृद्ध नेपाल, सुखी नेपालीको नारा देशव्यापी चलिरहँदा जनताले भने ‘समृद्ध नेता दुस्खी नेपाली ‘को महसुस गरिरहेको बताए। ‘सुखी नेपाली हुनलाई ३ करोड नेपाली जनता सुखी हुनुपर्छ । सबै जाती ,वर्ण धर्म र लिंगका आधारमा जनता सुखी हुनुपर्ने हो, उनले भने,’ तर अन्तरजातीय विवाह गरेकै काभ्रेका अजित मिजारको शव चारवर्षदेखि टिचिङ अस्पतालमा छ।अन्तरजातीय विवाह गरेकै कारण दलित महिला गाउँ निकाला हुनुपरेको छ ।’

‘पाँचथरको कुममाया गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले आफ्नो क्षेत्रअधिकारको प्रयोग गर्दै अन्तरजातीय विवाह गरेकी एक दलित परिवारको किशोरीलाई गर्भपत गर्न लगाइ जीवन वर्वाद गरेको घट्ना सुनाए ।

उनले पीडित किशोरीले उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन नमानेको भन्दै उनले सरकारले यो विषयमा कानुनी उपचारका लागि पहल गरे । नयाँबुलन्दबाट

सम्बन्धित खवर