माङसेबुङ / गायक राजु आङदेम्बे र गायिका सिता सिंगकको कर्णप्रिय आवाजमा ‘इमानसिं ओरो लाभुम्बा’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
प्राज्ञ अमर तुम्याहाङको शव्द सृजना रहेको उक्त गीतको म्यूजिक भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
किरात इतिहासकार इमानसिं चेम्जोङको जीवनीमा आधारित गीतलाई गायक राजु आङदेम्बेलेनै संगीत गरेका हुन् ।
निर्देशक रोजा थेगिमको निर्देशन तथा सृङगार रहेको भिडियोमा राजु आङदेम्बे र रोजीना थेगिमले अभिनय गरेका छन् ।
पदम राजन मगरको संगीत संयोजन रहेको गीतलाई सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो ।
थोक्फेला गार्मेन्ट र फमाहिम बुटीक एण्ड गार्मेण्टको पहिरन रहेको भिडियोलाई ड्रोन छाँयाङकन नगेन धिमाल र छाँयाङकन तथा सम्पादन मनोज राईले गरेका हुन् ।
भिडियो हेर्नुहोस…
https://www.youtube.com/watch?v=maCQl96iHoU