माया नपाएकी झुप्रीलाई दर्शकको अपार माया(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माया नपाएकी झुप्रीलाई दर्शकको अपार माया(भिडियो सहित)

दमक / चर्चित रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी दृष्टिविहीन गायिका झुप्री भण्डारीको स्वर रहेका पहिलो गीत ‘सम्झी रुना रुना’ भिडियो सार्वजनिक गरिएको छ ।

झुप्रीे भण्डारी र कमल संघर्षको शव्द सृजना रहेको झुप्रीको आफ्नै जीवन कथामा आधारित भिसडयो सडक मिडिया युट्यूव च्यानलमार्फ सार्वजनिक गरिएको हो ।

झुप्री भण्डारीको पहिलो गीत सम्झी रुना’रुना सार्वजनिक भएसँगै धेरै दर्शकको मन चिरिएको छ । कसैले माया नगरेको झुप्रीलाई दर्शकहरुको अपार माया मिलेको छ । गीतलाई दर्शक स्रोताहरुले औधी रुचाएका छन् ।

देउडा गायक पाण्डव विष्टको लय रहेको गीतमा विनोद बाजुरेलीको संगीत संयोजन रहेको छ । दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ ।

विनोद याक्खा र विरेन तितुङलको छाँयाङकन रहेको भिडियोलाई कमल संघर्ष र बरुण रिजाल निर्देशन गरेका हुन् । गीत आएसँगै झुप्रीले आँखा देख्ने भए, मलाई हेप्ने समाज हेर्ने थिएँ भनेकी छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर