आज पवित्रहाङमा कप फाईनल, उपाधीका लागि एपीएससी माङसेबुङ र लेटाङ मोरङ भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज पवित्रहाङमा कप फाईनल, उपाधीका लागि एपीएससी माङसेबुङ र लेटाङ मोरङ भिड्दै


माङसेबुङ / इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप १० औं संस्करण खेलकुद प्रतियोगिताको उपाधीका लागि एपीएससी माङसेबुङ इलाम र लेटाङ फुटबल क्लव मोरङ बीच प्रतिसपर्धा हुने भएको छ ।

इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा आज दिउसो २ बजे प्रतिसपर्धा हुने भएको हो ।

सेमीफाईनलमा मोरङले माउन्ट एभ्रेस्ट सुनसरीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने यो एपीएससी माङसेबुङले चुलाचुली इलामलाई पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो । लेटाङ मोरङ गतबर्षको उपबिजेता समेत रहेका छन् ।

किरात साम्यो हक्चात यक्चुमको संयोजनमा विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित प्रतियोगितामा फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

त्यस्तै सर्वा्धिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आङबुहाङले बताए ।

प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ । म्याराथुनमा प्रथम हुनेले रु ५१६४, दोस्रोले रु ४१६४, तेस्रोले रु ३३६४ र सान्तवना हुनेले रु २१६४ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजक समिति हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए ।

सम्बन्धित खवर