चर्च ब्वाइज ललितपुर तेस्रो कचनकवल गोल्डकपको फाइनलमा, उपाधीका लागि रेड हर्ष इलाम संग भिडने - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चर्च ब्वाइज ललितपुर तेस्रो कचनकवल गोल्डकपको फाइनलमा, उपाधीका लागि रेड हर्ष इलाम संग भिडने


कचनकवल / झापाको कचनकवलमा जारी तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड ललितपुर फाइनलमा प्रवेश गरेको छ ।

कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा चर्च ब्वाइज युनाइडेट ललितपुर र ताल तलैया फुटबल क्लब सुनसरी बिच शनिबार सम्पन्न दास्रो सेमिफाइनल खेलमा ताल तलैया फुटबल क्लब सुनसरीलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज युनाइडेट ललितपुर फाइनलमा प्रवेश गरेको हो ।

खेलेको पहिलो हाफ बराबरी रोकिएपनि दास्रो हाफको १६ औ मिनेटमा चर्च ब्वाइज ललितपुरले सनम भुजेलको गोलमा अग्रता लिएका थिए । भुजेल सानुका लिम्बुको स्थानमा परिवर्तन भई मैदानमा प्रवेश गरेका थिए । त्यसपछि खेल अवधीभर दुवै टीमबाट गोल हुन नसकेपछि भुजेलकै गोलनै निर्णायक साबित भयो ।

खेलको म्यान अफ द म्याच चर्च ब्वाइज ललितपुरका सनम राई घोषित भए । प्रतियोगीताको फाइनल खेल भने सोमवार चर्च ब्वाइज युनाइडेट ललितपुर र रेड हर्ष फुटबल क्लब इलाम बिच हुने पक्का भएको छ ।

भ्रमण वर्षमा नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको अध्यक्षे चट्टानल जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख ५० हजार र उपविजेता टिमलाई १ लाख नगद पुरस्कारसहित विभिन्न विद्यामा पुरस्कार वितरण गरिने क्लबका सल्लाहकार संयोजक रत्नकुमार बुढाथोकीले बताए ।

सम्बन्धित खवर