शहिद स्मारक ए डिभिजन लिग : मच्छिन्द्रको ऐतिहासिक उपाधि - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शहिद स्मारक ए डिभिजन लिग : मच्छिन्द्रको ऐतिहासिक उपाधि

माङसेबुङ / शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी मच्छिन्द्र फुटबल क्लबले जितेको छ । २०६० सालमा पहिलो पटक ’ए’ डिभिजन लिगमा उक्लिएको मच्छिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो ।

अन्तिम खेलमा मच्छिन्द्रको जितमा आर्मीको आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३औँ मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका हुन् ।

रञ्जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए । विकासको आत्मघाती गोललेनै आर्मी पहिलो पटक लिगको उपाधि जित्नबाट चुक्यो ।

मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मच्छिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्यो ।

उपाधि जित्ने क्रममा मच्छिन्द्रले आर्मीलाई २ अंकले पछि र्पायो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । आर्मीले ९ जित, २ बराबरी र २ हारको सामना र्गयो। यस्तै, लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रह्यो ।

सम्बन्धित खवर