इलामको चुक्चीनाम्बामा लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको चुक्चीनाम्बामा लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन

माङसेबुङ / इलामको माङसेबुङ गाउँपालिका–२, स्थित चुक्चीनाम्बामा लिम्बु पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

संघका अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा आइतबार इलामको माङसेबुङमा बसेको बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाएको हो ।

संघको महाधिवेशन फागुन २८, २९ र ३० गते राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जन्मस्थल चुक्चीनाम्बामा गर्ने निर्णय गरेको लिम्बू पत्रकार संघका महासचिव मिलन लिम्बूले जानकारी दिए ।

‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मथलो चुक्चिनाम्बा जाऔं, लिम्बू पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन सफल पारौं’ भन्ने नाराका साथ महाधिवेशन हुने महासचिव लिम्बूले बताए ।

महाधिवेशनमा अरुण पूर्व लिम्बुवानका ९ जिल्ला शाखा, उपत्याका शाखा र विदेश शाखाबाट एक सय ५० बढी लिम्बू पत्रकारहरुको सहभागिता रहने जनाएको छ । महाधिवेशनले संघको आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

दुई अग्रज लिम्बू पत्रकारलाई सम्मान
महाधिवेशनको अवसरमा दुई अग्रज लिम्बू पत्रकारलाई सम्मान गरिने भएको छ । अग्रज पत्रकार अमर तुम्याहाङ र सेसेमी से नाल्बोलाई सम्मान गरिने भएको हो ।

उनीहरुले पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको लिम्बू पत्रकार संघले जनाएको छ ।

सम्बन्धित खवर