जेपी र मेलिनाको सुमधुर आवाजमा ‘माया जोख्ने के होला’(सालैजो) सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जेपी र मेलिनाको सुमधुर आवाजमा ‘माया जोख्ने के होला’(सालैजो) सार्वजनिक(भिडियो सहित)


माङसेबुङ / पछिल्लो समय नेपाली तथा किराती गीत संगीतमा छाईरहेका दर्शक र स्रोताहरुको प्रिय गायक तथा संगीतकार जेपी नेम्बाङ र अहिलेकी लोकप्रिय गायिका मेलिना राईको सुमधुर आवजमा रहेको सालैजो गीत ‘माया जोख्ने के होला’ भिडियो सार्वजनिक गरिएको छ ।

बिशेष गरेर पुर्बेली लोक भाका र आधुनिक गीतहरु गाएर ख्याती कमाई रहेका जेपी नेम्बाङले पहिलो पटक पश्चिमेली भाकालाई पनि उठान गरेर गाए संगै जुनसुकै गीत गाउन सक्ने क्षमता रहेको प्रतिभाको रुपमा आफुलाई उभ्याएका छन् ।

उमेश गुरुङको निर्देशन तथा कोरियोग्रफी रहेकोे सालैजो गीतलाई गीतकार शसी गुरुङ वाङदेलले शव्द सृजना गरेका हुन् । शसी गुरुङ वाङदेलकै संगीत रहेको गीतमा राकेश गुरुङ(किज्)को संगीत संयोजन रहेको छ ।

निरान्जली लामा, आनन्द गुरुङ, श्याम राई, रमिला गुरुङ, दिपा सुहाङ र एकान्त लिम्बूले अभिनय गरेको भिडियोलाई मधुर बस्नेत र धनुर खालिङले छाँयाङकन गरेका हुन् ।

आर्यन मगरको सहायक निर्देशन र सुजन साहीको सम्पादन रहेको गुरुङ जातीहरुको रोधी संग जोडीएको सालैजो भाकाको भिडियो गायक जेपी नेम्बाङकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर