तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लवलाई(फोटो फिचर सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लवलाई(फोटो फिचर सहित)

 

शिवसताक्षी / तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले जितेको छ ।

झापाको शिवसताक्षी स्थित झिलझिलकोे गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा आइतबार भएको फाईनल खेलमा थ्री स्टार क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो । ं

मच्छिन्द्रलाई उपाधि दिलाउन खेलको दोस्रो मिनेटमै विमल घर्तिमगरले गरेको गोल गरेका थिए । त्यसपछि निर्धा्रित समयमा दुबैटीमबाट गोल हुन नसकेपछि घर्तिमगरको गोलनै निर्णायक बन्यो ।

थ्री स्टारका अशोक खवासले सोमिडे एडिलाजालाई पेनाल्टी एरियामा लडाएपछि मच्छिन्द्रले पाएको पेनाल्टीको सदुपयोग गर्दै विमलले गोल गरेका थिए । यो संगै मच्छिन्द्रले एक साता नवित्दै दोस्रो पटक उपाधि चुमेको हो ।
यही फागुन ३ गते भएको ए डिभिजन लिगको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै मच्छिन्द्र लिग च्याम्पियन बनेको थियो । थ्री स्टार आयोजक सताक्षी स्पोटिङ क्लबलाई र मच्छिद्र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनल पुगेका थिए ।

सताक्षीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै मच्छिन्द्रले नगद ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता थ्री स्टारले ३ लाख रुपैयाँमै चित्त बुझाएको छ ।

प्रतियोगीताको प्लेयर अफ दि टुर्नामेन्ट थ्री स्टार क्लवका बिक्रम लामा, मेन अफ दि म्याच मच्छिन्द्र क्लवका देवेन्द्र तामाङ, बेष्ट डिफेन्डर मच्छिन्द्र क्लवका पिटर सेगुन, बेस्ट किपर मच्छिन्द्र क्लवका विशाल श्रेष्ठ, बेष्ट मिड फिल्डर थ्री स्टार क्लवका रुपेस केसि, बेष्ट स्ट्राईकर मच्छिन्द्र क्लवका रेजिन सुब्बा, बेस्ट कोच मच्छिन्द्र क्लवका प्रबेस कटुवाल, हाई स्कोरर थ्री स्टार क्लवका सन्जोग राई, राइजिङ प्लेयर अफ दि टुर्नामेन्ट आयोजक टिमका सन्जिप राई लाहुरे घोषीत भएका छन् ।

 
बिजेता तथा उप बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

सम्बन्धित खवर