त्रीएक म्युजिकको प्रस्तुतीमा ‘सहयात्री’ भिडियो सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रीएक म्युजिकको प्रस्तुतीमा ‘सहयात्री’ भिडियो सार्वजनिक(भिडियो सहित)

दमक / त्रीएक म्युजिक प्रोडक्सन प्रा.लि.को प्रस्तुतीमा ‘सहयात्री’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उत्त। भिडियो दमक बाट संचालित संगीत दर्पण नेपाल युटुब च्यालनबाट सार्बजनिक गरिएको हो ।

आदर्श लिम्बुको शब्द रचना, रोहित लिम्बुको संगीत रहेको सो गीत गायिका आशा साम्बाको सुमधुर स्वरमा सजिएको छ ।

गीतकार तथा निर्देशक आदर्श लिम्बूको निर्देशन रहेको भिडियोको छायाङ्कन तथा सम्पादन अन्जित श्रेष्ठको रहेको छ ।

म्युजिक भिडियोमा सुरज लिम्बू र सीता लिम्बुको अभिनय हेर्न सकिने छ । सहयात्री म्युजिक भिडियो मार्फत नेपालमा रहेको बैदेशिक रोजगारमा जाने बाध्यताले परिवारमा निम्त्याएको समस्यालाई उजागर गर्न खोजिएको निर्देशक आर्दश लिम्बुले जानकारी दिए ।

मोफसलमा रहेर नेपाली संगीत जगतमा योगदान पुर्याउने उदेश्यले स्थापना गरिएको सो प्रा.लि.ले आगामी दिनमा स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्दै जाने योजना रहेको प्रा.लि.का अध्यक्ष सुरज लिम्बुले बताए ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर