इन्डियन आइडलको उपाधि गरीबको छोरा शनि हिन्दुस्तानीलाई - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्डियन आइडलको उपाधि गरीबको छोरा शनि हिन्दुस्तानीलाई

दमक / भारतीय टेलिभिजन सोनीबाट प्रशारित सिङगिङ रियालीटी सो इन्डियन आइडल ११ औं संस्करणको उपाधि शनि हिन्दुस्तानीले जितेको छ ।

बाबुको निधनपछि आमाले दुख गरेर हुर्काएको शनि हिन्दुस्तानीले आइतबार भएको ग्राण्ड फिनालेबाट ११ औं इन्डियन आइडलको उपाधि जितेको हो । यो संगै उनले २५ लाख भारतीय रुपैयाँ सहित कार जितेका छन् ।

शनि एक गरीव मुस्लिम परिवारमा जन्मेका हुन् । उनी इन्डियन आइडलमा अडिसन दिनु भन्दा अगाडी सडकमा जुत्ता पोलिस गर्ने काम गर्थे । प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरेका थिए ।

भारतरमा ६ महिना अघि सुरु भएको इन्डियन आइडलको फिनालेबाट दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदम कल्याण र पाँचौं अद्रिस घोसले जितेका छन् ।

यो संगै फस्ट रनरअप र सेकन्ड रनरअप रोहित र अनकोनाले पाँच पाँच लाख हात पारे । यसैगरी रिदम र अद्रिसले तीन तीन लाख हात पारेका छन् ।

सम्बन्धित खवर