कोरोनाको कारण मृत्यु हुने २७ सय पुग्यो, विभिन्न देशमा जोखिम बढ्दै - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाको कारण मृत्यु हुने २७ सय पुग्यो, विभिन्न देशमा जोखिम बढ्दै


दमक/ विगत २ महिना अघि चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ३० देशमा फैलिएको छ । पछिल्लो समय मध्य पूर्वमा बढी देखिन थालेको कोरोना भाइरस दक्षिण कोरिया, इरान, बहराइनमा पनि देखिएको छ ।

चीनमा कोरोनाको संक्रमण दर घट्दै जादा अन्य देशमा भने यसको संक्रमण दर बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाको सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्ने उसले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय पुगेको छ । चीनमा २ हजार ६ सय ६३ र अन्य देशमा ३६ जनाको मृत्यु भएको अन्तर्रा्ष्टिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारमात्रै चीनमा थप ७१ जनाको मृत्यु भएको छ। चीन बाहिर दक्षिण कोरियामा ८, इटालीमा ७, जापानमा १, हङकङमा २, इरानमा १२, ताइवानमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाको मृत्यु भएको छ । विश्वका ८० हजार १ सय ४८ जनामा यो भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ ।

चीनमा हालसम्म ७७ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। यीमध्ये २७ हजार ३ सय २३ जना विरामीहरू निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । दक्षिण कोरियामा ८ सय ९३ जना, इटालीमा २ सय २९ जना, जापानमा १ सय ५९ जना, सिंगापुरमा ९० जना, हङकङमा ८१ जना, इरानमा ६१ जना, अमेरिकामा ५३ जना, थाइल्याण्डमा ३५ जना, ताइवानमा ३० जना, अष्ट्रेलियामा २२ जना, मलेसियामा २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै, जर्मनीमा २२, भियतनामा २२, बेलायतमा १३, युएईमा १३, फ्रान्समा १२, क्यानडामा ११, मकाउमा १०, कुवेतमा ५, स्पेनमा ३, फिलिपिन्समा ३, भारतमा ३, बहराइनमा २, इजरायलमा २, ओमानमा २, रुसमा २ र अफगानिस्तान, बेल्जियम, कम्बोडिया, इजिप्ट, फिनल्याण्ड, इराक, लेबनान, नेपाल, श्रीलंका र स्वीडेनमा एक–एक जनामा यो भाइरस देखिएको छ ।

सम्बन्धित खवर