पाथीभरा म्याराथन दौडको उपाधि सुमन र सुनमायालाई - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाथीभरा म्याराथन दौडको उपाधि सुमन र सुनमायालाई


ताप्लेजुङ/ ताप्लेजुङमा सञ्चालित पाथीभरा म्याराथन प्रतियोगिताको खुल्लातर्फको उपाधि सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढा क्षेत्रीले जितेका छन ।

मंगलवार विहान भएको प्रतियोगितामा खुलातर्फ सोलुखुम्वूको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा निधारित ५४ किलोमिटरको दूरी पार गर्दै उपाधि जितेका हुन । कुलुङले विजेता बन्दै १ लाख ५१ हजार पुरस्कार राशी र प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यस्तै पाँचथर फिदिमका प्रताप थाम्सुहाङले ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए । रुकुम मुसिकोटका दुर्गाराज वुढाले ४ घण्टा २९ मिनेट १७ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । उनीहरुले क्रमश दोस्रोले १ लाख ११ हजार र तेस्रो भएकाले ५१ हजार रुपैयाँ पुरस्कार राशी र प्रमाण पत्र प्राप्त गरेका छन ।

यसरीनै महिलातर्फ जुम्लाको पातारासी गाउँपालिकाकी सुनमाया बुढा क्षेत्रीले ४४ किलोमिटर दूरी ३ घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भइन् । उनकी निकटम प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लवकी सरिता वासीभन्दा १० मिनेट चाँडो गन्तब्यमा पुग्दै उनले उपाधि हात पारेकी हुन ।

वासीले ३ घण्टा ४८ मिनेटमा दूरी पार गर्दै दोस्रो भइन् । धादिङ धुनिबेसींकी रसिला तामाङले ४ घण्टा ५९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भइन् ।

महिला तर्फका प्रथमले ८१ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार रुपैयाँ पुरस्कार पुरस्कार राशी र प्रमाण पत्र प्राप्त गरेका छन ।

सम्बन्धित खवर