कियाचु पान्थरको चुम्लुङ्ग साक्षत्कार कार्यक्रम सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु पान्थरको चुम्लुङ्ग साक्षत्कार कार्यक्रम सम्पन्न

पान्थर / किरात याक्थुङ चुम्लुङ पान्थरको आयोजनामा चुम्लुङ साक्षत्कार कार्यक्रम संपन्न भएको छ ।

प्रदेश न. १ का सांसद सीता थेबेको प्रमुख आतिथ्यमा पान्थरको फेदेन स्थित फाल्गुनन्द चोकमा अवस्थित चुम्लुङ भवनमा बिबिध कार्यक्रम गरी चुम्लुङको साक्षत्कार कार्यक्रम सम्पन भएको हो ।

प्रमुख अतिथि प्रदेश न. १ का सांसद सीता थेबेले चुम्लुङ्ग शीलालेख अनावरण गर्दै आफ्नो सांसदको कोष बाट सके जति भवन रंगरोगन गर्नलार्ई छ लाख सहयोग गरेको स्मरण गराउदैं यसलाई पुन निरन्तरता दिने कुरा बताइन् । उनले भनिन्, ‘हामी जसरी अहिले उपस्थित भएर एकाग्रह भएर बसेका छौ यसलाई निरन्तरता दिन आवश्यक छ ।’ उनले केहि सानो कमजोरीहरु लाई केलाउदै एकताको सूत्रमा बाधिनु अति आवश्यक रहेको कुरामा जोड़ दिइन ।

बिशिष्ट अतिथि फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्बाङले चुम्लुङ्गलाई जति सहयोग गरे आर्थिक भौतिक गरि रहेको र आगमी दिनहरुमा पनि सकेसम्मको सहयोग गरीरहने प्रतिबद्धा जनाए ।

कियाचु पान्थर अध्यक्ष नरेन्द्रराज केरूङको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. १ का सांसद सीता थेबे, बिशिष्ट अतिथि फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्बाङ, बिशिष्ट अतिथि हिलीहाङ्ग गाउपालिका अध्यक्ष भवानीप्रसाद लिङदेन, बिशेष अतिथि कियाचु केन्द्रीय सचिब चन्द्रकुमार आङदेम्बे, कियाचु पूर्ब केन्द्रीय सचिब नरेन्द्रकुमार केरूङ, लिम्बुवान प्रदेश समितिका मुख्य सचिब मधु केरूङ साथै चुम्लुङ्गका पूर्ब अध्यक्ष साथै बिभिन्न संघ संस्थामा आबद्ध प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चुम्लुङ्ग स्थापना भए पश्चात पाँचथर संस्थापक अध्यक्ष लगायत पूर्ब अध्यक्ष, चुम्लुङलाई भौतिक, आर्थिक, नैतिक साथै बिभिन्न तह र तप्काबाट सहयोग गर्ने ब्याक्तित्वहरूको उच्च मूल्याङ्कन गरी मायाको चिनो बितरण गर्दै सम्मान गरिएको थियो ।

यसैगरी चुम्लुङ्गलाई भवन निर्माणको क्रममा बिभिन्न देश तथा बिदेशमा रहेर सहयोग गर्नुहुने सहयोगीदाताहरुलाई पनि सम्मान गरिएको कियाचु जिल्ला सचिब सुरेन शिशिरले बताए ।

सम्बन्धित खवर