सबै पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ, पूर्व प्रधानमन्त्री भट्टराई - Mangsebung News
  • आइतबार, मङि्सर २४, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सबै पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ, पूर्व प्रधानमन्त्री भट्टराई


माङसेबुङ / पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले संसदमा समय लिएर बोल्ने क्रममा सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’ डा. भट्टराईले प्रश्न गरे, ‘सम्मानीय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ, त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्योँ ?’ प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत नपुग्ने दावी उनले गरे ।

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्नसमेत गरेका छन् । उनले भने, ‘म अलिकति गणितीमा चाँसो राख्ने मान्छे पनि हुँ, अर्थमन्त्री पनि भइटोपलेको मान्छे, मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ । त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु ।’

मातातीर्थको जग्गामा लोकमान प्रवृत्ति उनले मातातीर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृति देखाउन खोजिएको आरोप समेत लगाएका छन् ।

मातातीर्थ लगायतको १७२ रोपनी जग्गाबारेमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानूनी र नैतिक रुपमा ठिक रहेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीले प्रतिसोध, असहिष्णुता वा निषेध गर्ने के प्रवृतिले यस्तो गर्न खोजिएको हो भन्दै आशंका व्यक्त गरे ।

दुईतिहाइ नजिक रहेको सरकारका प्रधानमन्त्री कमजोर भएर आशंकित हुनुपर्ने अवस्था नरहेको भन्दै भट्टराईले अहिले चारैतिर यतिको चर्चा चुलिएको भन्दै नेपाल ट्रष्टको जग्गा यतिको पोल्टामा कसरी गएका छन भन्दै प्रश्न पनि गरे ।

यसैगरि देश भ्रष्टाचारले थिलथिलो परेको भन्दै भट्टराइले एक अर्कालाई दोषारोपण गर्नुभन्दा दोषिलाई दण्डित गर्ने प्रवृति अंगाल्नुपर्ने डा. भट्टराईले बताए ।

सम्बन्धित खवर