राज्यमन्त्रीका सल्लाहकारद्धारा नै बलात्कार - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राज्यमन्त्रीका सल्लाहकारद्धारा नै बलात्कार


दमक/ शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका एक सल्लाहकारले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ ।

राज्यमन्त्री मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घलेले बन्धक बनाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरीपछि यो रहस्य खुलेको हो ।

प्रहरीका अनुसार, ५२ वर्षीय घलेले किशोरीलाई आफ्नो कोठामा चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको भन्ने उजुरी परेपछि घलेलाई पक्राउ गरिएको हो । घलेलाई फागुन १ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । काठमाडौंमा आफ्नी दिदीसँग बस्दै आएकी किशोरी कक्षा १२ मा अध्ययनरत थिइन ।

कलेज बिदामा आफ्नो घर सिन्धुली गएकी ती किशोरीलाई घलेले काठमाडौं फर्कनेबेला बनेपाबाट आफ्नो मोटरसाइकलमा काठमाडौं ल्याएको प्रहरीको भनाई छ । किशोरी अमेरिका लगिदिन्छु भन्दै घलेले फकाएर आफूसँगै काठमाडौं ल्याई कोठामा बन्धक बनाई लगातार बलत्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घलेले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेका थिए । ‘सिन्धुलीबाट फर्कने क्रममा अमेरिका लगिदिन्छु भन्दै आफ्नो कोठामा लग्यो, चार दिन बन्धक बनाएर बलात्कार ग¥यो’ किशोरीको भनाई उधृत गर्दै प्रहरीले भन्यो ।

सम्बन्धित खवर