इलाममा माइभ्याली गोल्डकप सुरु, रुपन्देहीको बिजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा माइभ्याली गोल्डकप सुरु, रुपन्देहीको बिजयी सुरुवात

इलाम /  इलामको टुडीखेलमा छैटौं अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिता २०७६ सुरु भएको छ । गोल्डकपको उद्घाटन खेलमा गोर्खा ब्वाइज एफसी रुपन्देहीले बिजयी सुरुवात गरेकोे छ ।

बिहिबार भएको उद्घाटन खेलमा कोहीमा इगल एफसी नागाल्याण्डलाई शून्यका बिरुद्ध ४ गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा भने खेलकोे २१औं मिनेटमा रुपन्देहीका हमजतले पहिलो गोल गरेका थिए । हाफ टाईम पछिको ३२ औ मिनेटमा रुपन्देहीका फोडे फोफन्नाले दोस्रो गोल थपेका थिए । खेलको इन्जुरी समयमा रुपन्देहीका जर्सी नम्बर ११ का शक्ति राईले तेस्रो र चौथो गोल गर्दै फराकिलो जितको अन्तर निकालेका थिए ।

प्रतियोगिताको म्यानअफदी म्याच रुपन्देहीका शक्ति राई घोषीत हुँदै नगद १० हजार रुपियाँ प्राप्त गरे । प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसहित १० टिम सहभागी रहेका छन ।

माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने आयोजक माईभ्यालीले जनाएको छ । शुक्रबारको खेल आयोजक माईभ्याली क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किम बिच खेल हुने छ ।

सम्बन्धित खवर