लिम्वुवान मञ्चको तुम्वेवा अध्यक्षमा लावती - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्वुवान मञ्चको तुम्वेवा अध्यक्षमा लावती


तुम्बेवा / संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च संघीय लिम्वुवान मञ्च तुम्बेवा गाउँपालीका शाखाले अधिवेशन सम्पन्न गरेको छ ।

सोमबार सम्पन्न अधिवेशनबाट ज्ञानबहादुर लावतीको अध्यक्षतामा १४ सदस्य नयाँ समिती चयन गरेको छ ।

समितीको उपाध्यक्षमा शेषकुमार माङ्लाक, अमृता कुरुम्बाङ, सचीवमा दलबिक्रम लावती र अर्थसचिबमा सुबर्ण माङ्लाकलाई सर्वसम्मतबाट चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा बिमा लावती, नरेन्द्र लावती, देवलाल लावती, अजिला लावती, सैलेन्द्र कुरुम्बाङ, इन्द्र कुरुम्बाङ, सबिन सम्बाहाङ्फे, बुधराज आङ्देम्बे र स्मृति राई चयन भएका छन् ।

यसरीनै सल्लाहकारहरुमा प्रेम राज सम्बाहाङफे र खगेन सम्बाहाङफेलाई चयन गरेको छ ।

अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष सागर केरुङ, उपाध्यक्ष चन्द्रराज आङदेम्बेले मन्तव्य राख्नुभएको थियो ।

 

संघीय लिम्वुवान मञ्च पाँचथरको चौथो जिल्ला अधिवेशन आउन्दो चैत २१, २२ र २३ गते फिदिममा हुने जनाएको छ । अधिवेशनलाई मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’ लगायत केन्द्रिय नेताहरुले सम्बोधन गर्ने जनाएको छ ।

 

सम्बन्धित खवर