तिर्सना नेम्बाङ र इन्द्रशुसिल चोङबाङको ‘सोलुङमा योन्दा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तिर्सना नेम्बाङ र इन्द्रशुसिल चोङबाङको ‘सोलुङमा योन्दा’ सार्वजनिक(भिडियो सहित)

दमक / फक्ताङलुङ आइडल सेक्फुङ २ का बिजेता गायिका तिर्सना नेम्बाङ र गायक इन्द्रशुसिल चोङबाङ लिम्बुको सुमधुर स्वरमा सजिएको पालाम साम्लो ‘सोलुङमा योन्दा’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार सविन याक्थुङबा लिम्बुको शव्द संकलन रहेको पालाम साम्लोमा बहुप्रतिभाका धनी यासेली योङहाङले लय संकलन गरेका हुन् ।

राजु कार्कीको संगीत संयोजन रहेको पालाम साम्लो किङग स्टुडियोमा सुरेश राईले रेकर्डिङ गरेका हुन् । धिरेन तुम्बापोको छायाङकन रहेको लिप्सिङ भिडियोलाई इसाक जबेगुले सम्पादन गरेका हुन् ।

मौलिक भाका र संस्कृति झल्किने पालाम साम्लो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर