फुलेन्देको बाउ र रेखाको दमदार अभिनयमा ‘नाराङ स्याङलो हुर्लै पकन्दी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फुलेन्देको बाउ र रेखाको दमदार अभिनयमा ‘नाराङ स्याङलो हुर्लै पकन्दी’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / फुलेन्देको बाउको उपमाले कहलिएका मौसम इम्बुङ लिम्बु र सुन्दरी नायिका रेखा फागोद्धारा दमदार अभिनित किरात लिम्बु भाषाको रोमान्टिक गीत ‘नाराङ स्याङलो हुर्लै पकन्दी’ भिडियो सार्वजनिक गरिएको छ ।

किराती गीत संगीतमा ख्याती कमाएका गायक ब्रबीम सेर्मा लिम्बू र गायिका गंगा फियाक लिम्बूको सुमधुर आवाजमा सजिएको गीतको भिडियोलाई लोकप्रिय निर्देशक रनबीर लिम्बू (रवि सेर्मा)ले निर्देशन गरेका हुन् ।

गीतकार निम खापुङको शव्द सृजना र गायक ब्रबीम सेर्मा लिम्बूकै संगीत रहेको गीतको संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका हुन् । मिक्सिङ तथा मास्टरीङ मुस्कान मुकारुङले गरेको गीतको भिडियोलाई भुपेन्द्र तुम्बाहाङफेले छायाङकन गरेका हुन् ।

लिम्बु समुदाय भित्रको सांस्कृतिक रहन सहन र बिवाह गर्ने समय भएको बेला परिवारको दवाव र इच्छा आकाङछालाई चरित्र चित्रण गरिएको भिडियोमा सोम मगरातीको सृङगार र नवीन निरौलाको सम्पादन तथा कलरीङ रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर