फेदेनमा ‘के : साङ्ला’ बिशेष प्रदर्शन तथा ‘मिम्जिरेन् पान हा’ लोकार्पण - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फेदेनमा ‘के : साङ्ला’ बिशेष प्रदर्शन तथा ‘मिम्जिरेन् पान हा’ लोकार्पण

फेदेन / पान्थर फेदेन स्थित छाब्दी बराही चलचित्र मन्दिरमा लिम्बू कथानक चलचित्र ‘के : साङ्ला’ बिशेष प्रदर्शन तथा ‘मिम्जिरेन् पान हा’ म्यूजिक भिडियो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

लिम्बू प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगुको प्रमुख आतिथ्यमा सम्पन्न्क एक कार्यबिच भीम तुम्बाहाम्फे द्वारा निर्मित साथै लोकेन साम्बा द्वारा निर्देशित चलचित्र ‘के : साङ्ला’ को बिशेष प्रदर्शन भएको हो ।

यसैगरी सोहि कार्यक्रममा लिर्मल सुब्बा र श्रेयसी चेम्जोङ्ग द्वारा स्वरबद्ध ‘मिम्जिरेन् पान हा’ म्यूजिक भिडियोको लोकार्पण समेत गरिएको थियो ।

चलचित्र र भिडियो प्रमुख अतिथि बाट उद्धाटन गरी प्रदर्शन तथा लोकार्पण गरिएको थियो । भिडियोमा भीम तुम्बाहाम्फे साथै सुक्मिता केरूङ्गले अभिनय गरेका छन् ।

सम्बन्धित खवर