दमकमा लघु चलचित्र ‘मिम्जीए’को विशेष प्रदर्शनी - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा लघु चलचित्र ‘मिम्जीए’को विशेष प्रदर्शनी


दमक /  मोफसलमा रहेर कलाकारीतामा केही गर्ने जमर्कोका साथ लागिपरेका अनिसहाङ लाओतीले निर्देशन गरेको लघु चलचित्र मिम्जीएको विशेष प्रदर्शनी गरिएको छ ।

माङसेबुङ टिभीको प्रस्तुतीमा निर्माण भएको लिम्बु संस्कृती र टिनएजर युवाहरुको प्रेममा आधारित लघु चलचित्र मिम्जीएको आइतबार दमक स्थित किरात भवनमा केही कलाकार, सामाजिक ब्यक्तित्वहरु र विद्यार्थीहरुको उपस्थितिमा प्रदर्शनी गरिएको हो ।

फिल्मले ग्रामीण जनजीवन, माया, प्रेम र आफ्नो संस्कृती प्रतिको मोह र वितृष्णालाई चित्रण गरेको छ । पश्चिमेली संस्कृतीको बढ्दो प्रभाव र शहरीया देखिन आफ्नो मेन्छ्या(तरुनी) मिम्जीमाको कयौं धान नाच्ने आग्रहलाई उनका थाङ्बेन(तन्नेरी) मिलनले नकारी दिन्छ । आफ्नो मौलीक संस्कृती प्रती अति मोह राख्ने मिम्जीमा र आफुलाई आधुनिक देखाउँन खाज्ने मिलनले वर्तमान यूवाको मनोविज्ञालाई प्रतिनिधित्व गरेको छ ।

माङसेबुङ आसपासमा छायाँकन गरिएको फिल्ममा मिलन ताप्मादेन, सुमी लाओती, संजित फलना, हाङसिङ चेम्जोङ, खुसी थेगिम, युसा मगर, नुमा बोखिम, प्रताप ताप्मादेन, लक्ष्मी लाओती, पञ्च योङहाङ र रितिक माबोहाङको अभिनय हेर्न पाइन्छ ।

संजित फलानाको कथा लेखन रहेको चलचित्रमा लक्ष्मी लाओतीले श्रृगार गरेकी छन् । आदर्श थलङ लिम्बुको छायाँकन रहेको फिल्मलाई तिलक रिजालले सम्पादन गरेका हुन ।

विशेष प्रदर्शनीको अवसरमा रियो छमछमी सिजन–४ का सेकेन्ड रनरअफ दिलमाया पन्धाक ‘मनिसा’ को बेजोड प्रस्तुती रहेको थियो । यसरीनै फिल्मका निर्देशक अनिसहाङ, नायिका सुमीको समेत प्रस्तुती दिए ।

लिम्बु विद्यार्थी मञ्च झापा जिल्लाको संयोजनमा मिम्जीए फिल्मको विशेष प्रदर्शनीको अवसरमा गायक राज लाबुङका साथै उदायमान कलाकार नम्रता राई, बचन केरुङ, तारा राई लगायतका प्रस्तुती  दिएका थिए ।

चलचित्र मिम्जीएको ईलामको माङसेबुङमा, झापाको बुद्धशान्ति र अर्जुनधारामा सफल प्रदर्शन पछि दमकमा प्रदर्शन गरिएको  निर्देशक अनिसहाङ लाओतीले बताए।

 

सम्बन्धित खवर