शिवसताक्षी / संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल शिवसताक्षी नगरपालिका वाड न. ११ मा वडा समिति गठन भएको छ ।
मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले बादल राईको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
नव गठित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा हेम कुमार राई निर्वाचित भएका छन् । उपाध्यक्षमा सन्तोश साँबा, बिर ब. राई, दुर्गेश आङदेम्बे, सचिवमा राजकुमार रसाईली, सह सचिवमा बिपिन राई, कोषाध्यक्षमा आशिष राई सर्वसहमतले निर्वाचित भएका छन् ।
त्यसरीनै सदस्यहरुमा राज कुमार राई, अनिल लिम्बू, सुश्री बिष्णु लक्सम, कर्ण बोखिम, रोशन लिम्बू, सनम लिम्बू, नरेन्द्र राज योङहाङ, हर्क देव साबा, गणेश राई, गोरे ब. आङ्बो र दुर्गा बर्देवा रहेका छन् ।
समितिको सल्लाकारहरुमा मान ब. लिम्बू, कालूमान राई, नर प्रसाद लक्सम रहेका छन ।
सो कार्यक्रममा प्रान्तीय महासचिव यलम्बर राई, सचीव राजु राई, झापा जिल्ला बरिष्ठ उपाध्यक्ष नगेन राई, जिल्ला सदस्य बि. एम. लक्सम र शिवसताक्षी नपा अध्यक्ष प्रकाश लिङ्देन लगायत नेताहरुको उपस्थिति रहेको थियो ।