प्रचण्डलाई जुता प्रहार गर्ने तिरुवा पक्राउ - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रचण्डलाई जुता प्रहार गर्ने तिरुवा पक्राउ


काठमाण्डौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा पक्राउ परेको छ ।

तिरुवाले राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरेका थिए ।

प्रचण्डलाई जुत्ता प्रहारको प्रयास गर्ने तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जुम्ला सिञ्जा गाउँपालिका २, घोडेङ्गा गाउँका २२ वर्षीय रतन तिरुवा पुर्व माओवादी लडाँकुको छोरा भएको खुलेको छ । घाडेङ्गा गाउँका स्थानीयकाअनुसार रतनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।

पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आवद्ध भएका थिए । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीमा आवद्ध रहेको जुम्लाका स्थानीयले बताएका छन् ।

सम्बन्धित खवर