म्याइभ्याली गोल्डकपको सेमिफाइनलमा आर्मी - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

म्याइभ्याली गोल्डकपको सेमिफाइनलमा आर्मी


इलाम / ए डिभिजन क्लब संकटालाई २– १ ले हराउँदै आर्मीले म्याइभ्याली गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

इलामको ठूलो टुँडिखेलमा आईतबार भएको खेलमा आर्मीको जितको लागि दुवै गोल सुदिल राईले गरे । राईले खेलको ७ औ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । आर्मीको जीतसंगै सेमिफाइनलमा प्रवेश भएको हो । आर्मीले सेमिफाइनलमा माइभ्याली र मोहम्मडन कोलकोक्ताबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

४० औं मिनेटमा ड्याडी बेम्बेले गोल गर्दै संकटाले आर्मीसंग बराबरी गोल गरेका थिए । खेलको ७२ औं मिनेटमा सुदिलले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । संकटाका गोल रक्षक विनय श्रेष्ठ पोष्ट भन्दा केहि अगाडि बढेको मौकामा उनले गोल गरेका थिए ।

खेल अवधि भर निकै दबाब सृजना गरे पनि संकटाले हार टार्न सकेन । म्यान अफ दी म्याच बनेका आर्मीका सुदिलले १० हजार रुपैयाँ प्राप्त गरे । अवसर गुमाउँदा हार बेहोर्नु परेको संकटाका प्रशिक्षक राजुमान तुलाधरले बताए ।

योजना अनुसारको प्रदर्शनले सफलता मिलेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए । लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

माइभ्यालि गोल्डकपमा सोमबार मछिन्द्र र गोर्खा ब्वाईज रुपन्देहीको खेल हुनेछ ।

सम्बन्धित खवर