रेशम चौधरीलाई रिहाईको माग गर्दै बन्द आहवान - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रेशम चौधरीलाई रिहाईको माग गर्दै बन्द आहवान


दमक / टिकापुर काण्डको दोषी आरोपितमा बन्दी बनाईएका रेशम चौधरीलाई तत्काल रिहाई गर्न माग गर्दै लिम्बुवान बन्दको आहवान गरेको छ ।

संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले जारी गरेको प्रेस विज्ञप्तीमा फागुन २० र २१ गते लिम्बुवान बन्दको आहवान गरेको छ ।

थारुहट आन्दोलनका अभियानता रेशम चौधरीलाई झुटो आरोप लगाएर जेलमा बन्दक बनाएकोले तत्काल रिहाईको माग गर्दै थारुहटले आहवान गरेको आन्दोलमा ऐक्यबदता जनाउदै मञ्चले लिम्बुवान बन्दको आहवान गरेको हो । मञ्चले लिम्बुवान बाहेकका १०ं१ प्रान्तहरुले पनि स्वतस्फुर्त बन्द गरेर आन्दोलनलाई सहगोग गर्न आहवान गरेको छ ।

विज्ञप्तीमा थारुहटको जायज मागको सम्बोधन गर्न र प्रदेश न. १ को नाम लिम्बुवान पिरात खम्बुवान राख्न समेत माग गरेको छ । को

सम्बन्धित खवर