लिम्बुवानलाई आठौँ प्रदेश बनाउन चुम्लुङको माग (विज्ञप्ती सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवानलाई आठौँ प्रदेश बनाउन चुम्लुङको माग (विज्ञप्ती सहित)


विर्तामोड / किरात याक्थुङ चुम्लुङले लिम्बुवान प्रदेशको अडान यथावत राख्दै तत्कालका लागि प्रदेश नं. १ को नाम ‘किरात लिम्बुवान’ राख्नुपर्ने माग गरेको छ ।

झापाको विर्तामोडमा फागुन १६—१७ गते बसेको किरात याक्थुङ चुम्लुङको २३ औं राष्ट्रिय चुम्लुङले संविधान संशोधन गरेर अरुण पूर्वको ९ जिल्लालाई नेपालको आठौं प्रदेश लिम्बुवान स्थापना गर्नुपर्ने अडान पुनः दोहार्याएको हो ।

फागुन १८ गते चुम्लुङको निर्णय विज्ञप्ती मार्फत सार्वजनिक गर्दै आगामी राष्ट्रिय जनगणना २०७८ मा जातजातिको महलमा लिम्बू, भाषाको महलमा लिम्बू, थरको महलमा आ–आफ्नो थर, धर्मको महलमा किरात लेख्न लेखाउन लिम्बूहरुलाई हार्दिक अनुरोध गरेको छ । पहिचानमा आधारित प्रदेशहरुको निर्माण गर्न संविधान सभाको विषयगत समिति र राज्य पुर्नसंरचना उच्च स्तरीय आयोगबाट सिफारिस भए बमोजिमका प्रदेशहरु सुनिश्चित हुनु पर्नेमा उत्पीडनकारी, औपनिवेशिक एवं सामन्ती केन्द्रिकृत एकात्मकवादी चिन्तनका धङधङी झल्कने गरी पञ्चायती शैलीमा जवरजस्ती ढंगले गण्डकी, बागमती लगायतका नामहरु राखिएको प्रति खेद व्यक्त गरेको छ ।

लिम्बुवान क्षेत्रको मध्यपहाडी लोकमार्गलाई काङ्सोरे लोकमार्ग नामाकरण गर्न गराउन समेत राष्ट्रिय चुम्लुङ जोडदार माग गरेको छ ।

यसरीनै ताप्लेजोङको मुकुमलुङ (पाथिभरा) क्षेत्रमा यति कम्पनीलाई सरकारले जग्गा दिएकाले लिम्बूहरुको भूमि अनुमति विना त्यस्ता कार्य नगर्न नगराउन सरकारसँग माग गरेको छ । लिम्बुवानका नदी एवम् खोलानालामा विद्युत निकाल्ने नाउँमा आदिवासी लिम्बूहरुको तिते माछा लगायतका जलचरहरु संकटमा पर्दै गएको साथै माछा मारेर जीवन यापनमा निरन्तरता दिने अधिकारबाट बन्चित हुन परेकाले सो कुरामा आँच नआउने गरी मात्र कार्य होस भनी राष्ट्रिय चुम्लुङ माग गर्दछ । आदिवासी लिम्बूहरुको सिकार खेल्ने जंगल, चरी चरान, खर्कहरु, चिहान आदीहरुलाई सामुदायिक वन, राष्ट्रिय वन, कवुलयती वन लगायतका वनहरुले अतिक्रमण गर्दै लगेकाले सो कार्य अबिलम्ब रोक्दै आदिवासी लिम्बूहरुको अधिकार आई.एल.ओ.अभिसन्धी १६९ र आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र अनुरुप कायम गर्नुपर्ने माग पनि गरेको छ ।

राष्ट्रिय चुम्लुङको पहिलो दिन उद्घाटन समारोहमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । मन्त्री नेम्बाङे साँस्कृतिक बाजा “के”(च्याब्रुङ) बजाएर कार्यक्रम उदघाटन गरे । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तिलविक्रम सम्बाहाम्फे र किरात याक्थुङ चम्लुङ इजराइललाई चुम्लुङ गौरबशाली सहयोगदाताको रुपमा सम्मान गरिएको थियो । तान्छोप्पा मासिक पत्रिका बजार व्यवस्थापक गुमानसिं सम्बाहाफेलाई समेत सम्मान गरिएको थियो ।

दोस्रो दिन संस्थाको प्रदेश, जिल्ला, विषयगत संगठन, विदेश चुम्लुङबाट प्रस्तुत प्रतिवेदनहरु, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल पश्चात पारित गरिएको छ । त्यस्तै किरात याक्थुङ चुम्लुङले गरेका अभियानको प्रभाव समीक्षा सम्बन्धमा तयार पारिएका सांगठानिक, मातृभाषामा शिक्षा, ऐतिहासिक क्षेत्र, धार्मिक तथा सांस्कृतिक क्षेत्र, पहिचान र अधिकार, युवा विद्यार्थी र महिला नेतृृत्व विषयक छलफल पत्रहरु प्रस्तुत गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ को तयारीको सम्बन्धमा व्यापक छलफल गरी चुम्लुङले योजना निर्माण गरेको छ ।

प्रेस विज्ञप्तीको पूर्ण  अंश

मितिः २०७६ साल फाल्गुन १८ गते

आदरणीय पत्रकार बन्धुहरु

वि.सं. २०७६ साल फाल्गुन १६—१७ गते बसेको किरात याक्थुङ चुम्लुङको २३ औं राष्ट्रिय चुम्लुङ लिम्बुवान, झापा, विर्तामोड स्थित अतिथि सदनमा संस्थाको अध्यक्ष योगराज लिम्बू वनेमको अध्यक्षतमा सम्पन्न भएको यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।

उक्त राष्ट्रिय चुम्लुङको पहिलो दिन उद्घाटन समारोहमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय बसन्त कुमार नेम्बाङज्यूको प्रमुख अथितिको रुपमा उपस्थिति रहेको थियो । प्रमुख अथितिज्यूबाट लिम्बूको साँस्कृतिक बाजा “के” बजाएर कार्यक्रम उदघाटन भएको थियो । उहाँले किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तिलविक्रम सम्बाहाम्फेलाई चुम्लुङ गौरबसाली सहयोगदाताको रुपमा सम्मान गर्नु भएको थियो भने किरात याक्थुङ चम्लुङ इजराइललाई पनि गौरबशाली सम्मान पत्र प्रदान गर्नु भएको थियो । यसैगरी तान्छोप्पा मासिक पत्रिका बजार व्यवस्थापक गुमानसिं सम्बाहाफेलाई समेत सम्मान प्रदान गर्नु भएको थियो । सो समारोहमा राजनैतिक दलका नेताहरु, आदिवासी जनजाति संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।

संस्थाको प्रदेश, जिल्ला, विषयगत संगठन, विदेश चुम्लुङबाट प्रस्तुत प्रतिवेदनहरु, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित भयो । यसैगरी किरात याक्थुङ चुम्लुङले गरेका अभियानको प्रभाव समिक्षा सम्बन्धमा तयार पारिएका सांगठानिक, मातृभाषामा शिक्षा, ऐतिहासिक क्षेत्र, धार्मिक तथा सांस्कृतिक क्षेत्र, पहिचान र अधिकार, युवा विद्यार्थी र महिला नेतृृत्व विषयक छलफल पत्रहरु प्रस्तुत, छलफल र पारित भयो । राष्ट्रिय जनगणना २०७८ को तयारीको सम्बन्धमा व्यापक छलफल गरी योजना निर्माण भयो । संस्थाको केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरु, सल्लाहकारहरु, प्रदेश समितिका पदाधिकारीहरु, जिल्ला समितीका अध्यक्ष र सचिवहरु, विदेशस्थित चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त थरगत संस्थाका अध्यक्ष वा प्रतिनिधीहरु, चुम्लुङका विषयगत संस्थाका अध्यक्ष वा प्रतिनिधिहरु, राष्ट्रिय चुम्लुङ सदस्यहरुको सहभागितामा छलफल गरी यो राष्ट्रिय चुम्लुङ निम्न समसामयिक प्रस्तावहरु सर्वम्मतले पारित गरेको अवगत गराउँदछौं ।
ज्ञ। आगामी राष्ट्रिय जनगणना २०७८ मा जात÷जातीको महलमा लिम्बू, भाषाको महलमा लिम्बू, थरको महलमा आ–आफ्नो थर, धर्मको महलमा किरात लेख्न लेखाउन यो राष्ट्रिय चुम्लुङ सम्पूर्ण लिम्बूहरुलाई हार्दिक अनुरोध गर्दछ । यस जनगणनामा तथ्याङ्घ संकलनको लागि फाराम निर्माण गर्दा भाषा, लिपि, धर्म, जाति आदिको वास्तविक तथ्याङ्क आउने गरी तयार होस भनी सम्बन्धित निकायलाई राष्ट्रिय चुम्लुङ ध्यानाकर्षण गराउँछ ।
द्द। अरुण कोसीपूर्वको ९ जिल्लामा संविधान संशोधन गरेर नेपालको आठौं प्रदेश लिम्बुवान स्थापना गर्नमा अडान यथावत राख्दै तत्कालका लागि प्रदेश नं. १ को नाम “किरात लिम्बुवान” राख्न यो राष्ट्रिय चुम्लुङ माग गर्दछ ।
घ। पहिचानमा आधारित प्रदेशहरुको निर्माण गर्न संविधान सभाको विषयगत समिति र राज्य पुर्नसंरचना उच्च स्तरीय आयोगबाट सिफारिस भए बमोजिमका प्रदेशहरु सुनिश्चित हुन पर्नेमा सोको मर्म विपरित ७ प्रदेशको घोषणा भयो र प्रदेशहरुको नामाकरण गर्ने सन्दर्भमा उत्पीडनकारी, औपनिवेशिक एवम् सामन्ती केन्द्रिकृत एकात्मकवादी चिन्तनका धङधङी झल्कने गरी पञ्चायती शैलीमा जवरजस्ती ढंगले गण्डकी, बागमती लगायतका नामहरु राखिएको प्रति यो बैठक खेद व्यक्त गर्दछ ।
द्ध। प्रदेश नं. १ को भौगोलिक अवस्था सामाजिक सांस्कृतिक ऐतिहासिक एवम् पहिचानको आधारमा लिम्बुवान, किरात स्वायत्त प्रदेश प्राप्तीका लागि उठेका राजनीतिक आन्दोलनहरु विगतमा नेपाल सरकारसंग पटक पटक भएका सहमतीहरु र सातसालको क्रान्ति, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान आन्दोलन, किरात आन्दोलनहरुले स्थापित गरेका मुद्धाहरुलाई मध्यनजर गर्दै अहिलेलाई संयुक्त पहिचानको आधारमा “लिम्बुवान, किरात” नाम राख्नु पर्दछ भन्ने लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको धारणा र आन्दोलन प्रति एक्यवद्धता जाहेर गर्दछौं ।
छ। लिम्बुवानको धरानमा वि.सं. २०७६ फागुन १० गते सम्पन्न भेलाबाट पारित “आदिवासी लिम्बू थरगतहरुको भूमिका शसक्त, सुदृढ र उपयोगी बनाउनुपर्ने आवश्यकता र औचित्य सम्बन्धी अवधारणा पत्र २०७६” प्रति एक्यवद्धता जनाउँदै सो अवधारणा अनुसार बनेको चुम्लुङ सहितको सहजीकरण समुह र मूल अभियान समूहमा सक्रिय सहभागी भई आगमी दिनहरुमा ऐतिहासिक स्थल, धार्मिक तथा सांस्कृतिक स्थल, समाधीस्थलहरु, मुन्धुम वर्णित स्थलहरुकोे संरक्षण, संम्बद्र्धन, जल, जमिन, जंगल, जडिबुटी लगायतका प्राकृतिक स्रोत साधन माथिको अधिकार प्राप्तीका लागि सबैसंग मिलेर कार्य गर्न यो राष्ट्रिय चुम्लुङ प्रतिवद्धता व्यक्त गर्दछ ।
ट। ताप्लेजोङको फक्ताङलुङ गाउँपालिकामा पर्यटकीय क्षेत्र विकास गर्ने नाममा सिमसार क्षेत्र घोषणा गर्न लागिएको सूचना प्राप्त भएकाले आदिवासी लिम्बूहरुको भूमिमा विकासको नाममा विनास गर्ने र प्राकृतिक अवस्था र स्थानीय पहिचानलाई परिवर्तन गर्ने भएकोले कुनै बहानामा आदिवासी लिम्बूको भूमिलाई अतिक्रमण नगर्न यो राष्ट्रिय चुम्लुङ सचेत गराउँदछ ।
ठ। ताप्लेजोङको मुकुमलुङ (पाथिभरा) क्षेत्रमा यति कम्पनीलाई सरकारले जग्गा दिएको सूचना प्राप्त भएकाले आदिवासी लिम्बूहरुको भूमिमा अनुमति विना यस्ता कार्य नगर्न नगराउन यो राष्ट्रिय चुम्लुङ सरकारसँग जोडदार माग गर्दछ ।
ड। लिम्बूहरुको मुन्धुममा बर्णीत साँस्कृतिक स्थल लिम्बुवानको ताप्लेजुङ जिल्लाको सिदिङ्बा गाउँपालिका र पान्थर याङ्वरक गाउँपालिक सिमानामा अवस्थीत तिम्बुङ वरक (तिम्बुङ पोखरी) को प्राकृतिक बनोटको मौलिकतामा आँच आउने गरी राज्य निकायको संलग्नतामा भौतिक संरचना आदिवासी लिम्बूहरुको पूर्व सुसुचीत अनुमति विना भएको निर्माण कार्य गलत भएको सो भौतिक संरचना अन्यत्र सार्नको लागि कियाचुले यस अघि पटक पटक सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराईसकेतापनि हालसम्म यस कार्यमा सम्बन्धीत निकायको ध्यान आकृष्ट नभएको र कुनै कार्य प्रगति नभएको हुनाले अविलम्ब सो भौतिक संरचना हटाउन सम्बन्धीत निकायमा पुनः जोडदार माग गर्दछौं ।
ढ। लिम्बुवानका नदी एवम् खोलानालामा विद्युत निकाल्ने नाउँमा आदिवासी लिम्बूहरुको तिते माछा लगायतका जलचरहरु संकटमा पर्दै गएको साथै माछा मारेर जीवन यापनमा निरन्तरता दिने अधिकारबाट बन्चित हुन परेकाले सो कुरामा आँच नआउने गरी मात्र कार्य होस भनी राष्ट्रिय चुम्लुङ माग गर्दछ ।
ज्ञण्। आदिवासी लिम्बूहरुको सिकार खेल्ने जंगल, चरी चरान, खर्कहरु, चिहान आदीहरुलाई सामुदायिक वन, राष्ट्रिय वन, कवुलयती वन लगायतका वनहरुले अतिक्रमण गर्दै लगेकाले यी कार्य अबिलम्ब रोक्दै आदिवासी लिम्बूहरुको अधिकार आई.एल.ओ.अभिसन्धी १६९ र आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र अनुरुप कायम गर्न यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।
ज्ञज्ञ। पहिचान र अधिकारको मुद्धालाई सही रुपमा सम्बोधन नगरेसम्म दिगो शान्ति र स्थायित्व कायम हुन सक्दैन भन्ने आइ.एल.ओ. र युएनड्रिपको सार तत्वलाई मनन गर्दै सो अनुरुप पहिचान र अधिकारको मुद्धालाई सम्बोधन गर्न गराउन सवै राजनैतिक दल, सरकार, नागरिक समाजमा हार्दिक अपिल गर्दछौं ।
ज्ञद्द। लिम्बू भाषामा सरकारी वोर्ड, सरकारी कामकाजी भाषा, विद्यालयहरुमा मातृभााषामा शिक्षाका लागि शिक्षक दरवन्दी प्रदान गर्ने कुरामा संघीय, प्रदेश र स्थानीय सरकारले अझै आनाकानी गरिरहेकोले अविलम्ब उक्त व्यवस्था गर्न यो राष्ट्रिय चुम्लुङ पुनः माग गर्दछ ।
ज्ञघ। लिम्बु मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन अधिकतम आधारहरु खुलाई भाषा आयोगलाई संघीय कार्यालयमा र आयोगद्धारा आयोजित प्रदेश स्तरीय गोष्ठीमा ज्ञापनपत्रहरु बुझाइएको थियो । मातृभाषालाई सरकारी कामकाजका लागि संविधान, ऐन, कानुनमा व्यवस्था अनुसार छिटफुट मात्रामा काम भए पनि सङ्घीय सरकार, प्रदेश सरकारले यसबारे कुनै पहल लिएको देखिएको छैन । भाषा आयोगले सरकारलाई दिएका सुझावहरु पनि खस नेपाली भाषालाई कार्यान्वयन गर्ने विषयमा बाहेक मातृभाषा कार्यान्वयनका बारेमा अपेक्षित स्पष्ट सुझावहरु दिएको देखिँदैन । तसर्थ यस पक्षमा स्पष्ट र तदारुकता साथ काम गर्न भाषा आयोग लगायत संघीय, प्रदेश, स्थानीय सरकारहरुलाई जोडदार माग गर्दछौं ।
ज्ञद्ध। नेपालको राष्ट्र भाषाहरुलाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोगका लागि संविधानमा भएका व्यवस्था कार्यान्वयन हुन सकेको देखिँदैन । राष्ट्र भाषाहरुलाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा भएका व्यवस्था कार्यान्वयनका लागि सम्पूर्ण भाषिक समुदाय निरन्तर लाग्न सबैमा अपिल गर्दछौं ।
ज्ञछ। आदिवासी जनजातिको प्रद्धत्त अधिकार, भाषिक आन्दोलनको माग बमोजिम लिम्बू भाषामा पठनपाठन कार्यान्वयन गर्न सरकारसंग जोडदार माग गर्दछ ।
ज्ञट। लिम्बुवान क्षेत्रको मध्यपहाडी लोकमार्गलाई काङ्सोरे लोकमार्ग नामाकरण गर्न गराउन यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।
ज्ञठ। झापा पाडाजुँगीस्थीत निर्माणाधिन आदिवासी रंगशालालाई विभिन्न अर्कै नाममा निर्माण गर्ने्, योजना बनाउने, राष्ट्रिय कार्यक्रमहरु गर्ने कार्य अविलम्ब रोकी आदिवासी रंगशालाकै नाममा कार्य गर्न गराउन यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछौं ।
ज्ञड। “जहाँ ऐतिहासिक स्थल त्यहाँ बहस र छलफल” भन्ने नाराका साथ ऐतिहासिक स्थलहरुको संरक्षण गर्ने अभियान चलाउन यो राष्ट्रिय चुम्लुङ प्रतिवद्धता व्यक्त गर्दछ ।
ज्ञढ। आदिवासी लिम्बूहरुको मौखिक इतिहासको संकलन, इतिहास लेखन, सामाजिक बनावटको अध्ययन, इतिहासका कतिपय विवादित विषयहरुमा बहस र खोज अनुसन्धान गर्न सवै इतिहासकार एवम् अध्येताहरुमा यो राष्ट्रिय चुम्लुुङ अपिल गर्दछ ।
द्दण्। लिम्बू समाजको विकास र सम्बृद्धिको लागि किरात याक्थुङ चुम्लुङ लगायत वर्तमानमा आएर थुप्रै लिम्बूजन्य संगठनहरु कृयाशिल भइरहेको सर्वविदितै छ । अन्ततः समग्रमा लिम्बु समाजकै हित र उन्नतिका लागि काम गर्नु पर्ने मूल मर्मलाई आत्मसात गर्दै लिम्बू समाजमा कृयाशिल किरात याक्थुङ चुम्लुङ लगायत सवै लिम्बूजन्य संगठनहरु एक आपसमा सहकार्य र समन्वयमा अघि वढ्न यो बैठक सबैमा हार्दिक अपिल गर्दछ ।
द्दज्ञ। यूवा, महिला, विद्यार्थीहरुको सामाजिक, सांस्कृतिक चेतलाई राजनैतिक सांगठानिक चेतनामा बदल्दै नेतृत्व विकासका लागि प्रोत्साहन गर्न यो राष्ट्रिय चुम्लुङ अपिल गर्दछ ।
द्दद्द। महिला, यूवा र विद्यार्थीहरुमा परम्परागत ज्ञान सिप हस्तान्तरण गर्ने कार्यक्रमहरु संचालन गर्न गराउन सरकार, संघसंस्था, उद्योग लगायतमा यो राष्ट्रिय चुम्लुङ अपिल लगायत प्रतिवद्धता व्यक्त गर्दछ ।
द्दघ। फेदाङमा साम्बा येमा÷बा निस्कन चाहाने यूवा लगायतलाई प्रोत्साहन गर्ने, वातावरण सिर्जना गरिदिने र स्रोत साधनहरुको व्यवस्थापन गरिदिन यो राष्ट्रिय चुम्लुङ सवैमा हार्दिक अपिल गर्दछ ।
द्दद्ध। किरात धार्मिक मर्म अनुसार व्यावहारिक अभ्यासमा निरन्तरता र व्यापकता दिन फेदाङमा, साम्बा, येमा÷बालाई संगठित गर्दै क्रियासिलतामा जोड दिंदै अन्य धर्मबाट हुने अतिक्रमण रोक्न सवैमा अपिल गर्दछौं ।
द्दछ। लिम्बू मौलिक र परम्परागत धार्मिक, सांस्कृतिक र सामाजिक अभ्यासहरुलाई निर्धक्क अभ्यास गर्न र लिम्बू समाज भित्रका आन्तरिक कलहहरुलाई प्रचारात्मक शैलीमा छताछुल्ल नगरी आन्तरिक छलफल बहसलाई निकासमा पु¥याउन सवैपक्षलाई अनुरोध गर्दै बाह्य धार्मिक, साँस्कृतिक र सामाजिक अतिक्रमण रोक्दै अगाडि बढ्न सवैमा यो राष्ट्रिय चुम्लुङ आव्हान गर्दछ ।
द्दट। विश्वव्यापिकरण र आधुनिकताको नकारात्मक प्रभावको कारण प्रतिस्पर्धी जीवन व्यावस्थापनमा अगाडि बढ्ने क्रममा आफ्नो समुदायमा परम्परागत क्रममा स्थापित पहिचानका अभिन्न धरोहरहरु हाक्पारे, ख्याली, यालाङको मौलिक अभ्यास संकटमा पर्दै गएको हुनाले यसलाई संरक्षणको लागि आम लिम्बू समुदाय र युवा पुस्ता सचेत हुन अपिल गर्दछौं ।
द्दठ। लिम्बू पोशाक तागा, मेख्लीलाई यसको मौलिक स्वरुपमा व्यापक रुपमा प्रयोग गर्न सबैलाई आव्हान गर्दै पोशाकको विक्री वितरणमा आम सर्वसाधारणलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध हुने गरी बजार व्यवस्थापन गर्न यो राष्ट्रिय चुम्लुङ अपिल गर्दछ ।
द्दड। किरात याक्थुङ चुम्लुङबाट लिम्बू प्रमाणित गर्न सिफारिस लिंदा लिम्बू पहिचानका तत्वहरु : लिम्बू भाषा, किरात सिरिजंगा लिपी, लिम्बू र लिम्बुवानको इतिहास, सांस्कृतिक पक्षहरुको आधारभूत जानकारीको आधारमा सिफारिस प्रदान गरिने कार्य थालनी गर्ने यो राष्ट्रिय चुम्लुङ प्रतिवद्धता व्यक्त गर्दछ ।
द्दढ। किरात याक्थुङ चुम्लुङको सांगठानिक जीवनलाई सशक्त बनाउन, चुस्त दुरुस्त राख्न सवै वडा तहसम्म पु¥याउन किरात याक्थुङ चुम्लुङको सम्बन्धित समितिहरु, पदाधिकारी तथा सदस्यहरु, राष्ट्रिय चुम्लुङ सदस्यहरु, विशिष्ट, संरक्षक, आजिवन, साधारण सदस्यहरु एवम् शुभचिन्तकहरुमा हार्दिक आव्हन गर्दछौं ।
घण्। लुङमेन्दिङ धन्यवाद– किरात याक्थुङ चुम्लुङ व्यवस्थापक जिल्ला कार्य समिति झापा, कियाचु विर्तामोड नगर समिति, कियाचु दमक नगर समिति, कियाचु शिवसताक्षी नगर समिति, कियाचु गौरादह नगर कार्य समिति, कियाचु मेची नगर समिति, कियाचु कन्काइ नगर समिति, कियाचु भद्रपुर नगर समिति, कियाचु विर्तामोड ४ नं वडा समिति, कियाचु बाह्रदशी गाउँ पालिका समिति, लिम्बू सांस्कृतिक परिषद जिल्ला समिति झापा, स्वयम्सेवकहरु, कलाकारहरु, सौजन्यदाताहरु, अथिति सदन, होटल व्यवसायी एवम् सवै सहयोगीहरुमा यो राष्ट्रिय चुम्लुङ धन्यवाद प्रस्ताव पारित
गर्दछ ।

नोगेन ।

…………………..
निरन्ती तुम्बापो
महासचिव
किरात याक्थुङ चुम्लुङ
केन्दी्रय कार्य समिति

सम्बन्धित खवर