मनु नेम्बाङको ‘बलिहाङ मुन्धुम लारिङगेक नाम्लिङगेक’ सार्वजनिक - Mangsebung News
  • बुधबार, कार्तिक ०६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनु नेम्बाङको ‘बलिहाङ मुन्धुम लारिङगेक नाम्लिङगेक’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका मनु नेम्बाङको अवाजमा सजिएको ‘बलिहाङ मुन्धुम लारिङगेक नाम्लिङगेक’ सार्वजनिक गरिएको छ ।

वलिङहाङ तङनाम अर्थात तिहारको अवसर पारेर वलिङहाङ तङनाम विशेष गित ‘बलिहाङ मुन्धुम लारिङगेक नाम्लिङगेक’ मनु नेम्बाङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अशल तुम्रोकको शव्द संकलनमा मनु नेम्बाङ कै लय संकलन रहेको गितमा अशल तुम्रोक, गगन प्रकाश लावती र सुनिता लावतीको समेत आवाज रहेको छ ।

मनु नेम्बाङकै निर्देशन रहेको भिडियोमा मनु नेम्बाङ, गीता पालुङवा, मनु थक्लुङ, नीतुरानी नेम्बाङ, मिना लिम्बू बिमला इवारम, नैनकला वनेम, सुनिता लावती, बिष्णु सेत्लिङ, अगमसिं यक्पाङदेन, कृष्ण राज नेम्बाङ, सलमान थलङ, गृष्म आङबुहाङ, पुर्ण सेत्लिङ, निर्मल लिवाङ, धनजित साम्बा, उदय बेघा, अशल तुम्रोक, गगन प्रकाश लावती, नरेन्द्र योङहाङ, हस्त लिम्बू, मनमाया आङबुहाङ, अभिषेक पालुङवा र सुरेन बेघा लगायतले अभिनय गरेका छन् ।

विशेष गरि याक्थुङ लिम्बूहरुले वलिहाङ तङनामको अवसरमा खेलिने लारिङगेन नाम्लिगेक वलिहाङ मुन्धुम प्रस्तुत गरिएको भिडियोमा चन्द्र वाम्बुले र दिनेश पराजुलीको छायांकन, प्रेम वाम्बुले र रमेश पराजुलीको सहायक छायांकन, यमुना पाण्डे र रविना लिम्बूको श्रृङगार, साइना तामाङ र निया श्रेष्ठको नृत्य निर्देशन, दिनेश माङमुको सह निर्देशन र अनिल रानाको सम्पादन रहेको छ ।

श्याम आङलाको संगीत संयोजनमा एभरेष्ट स्टुडियोमा चन्द्र वाम्बुलेले रेकर्ड गरेको गितको मिक्सिङ मास्टरिङ राजु कार्कीले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर