राष्ट्रियसभाका १८ सांसदको पदावधी पुरा, को को परे बिदा हुनेमा - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रियसभाका १८ सांसदको पदावधी पुरा, को को परे बिदा हुनेमा


काठमाण्डौ  / राष्ट्रियसभामा २ वर्षे कार्यकाल पुरा गरेर आजैदेखि १८ जना सांसद बिदा भएका छन् ।

राष्ट्रियसभामा मंलबार बसेको बैठकपछी सामुहिक तस्वीर खिचाएर सांसदहरुले आफ्नो कार्यकाल समापन गरेका छन् । बिदाई हुने सांसदहरुलाई राष्ट्रियभिाका अध्यक्ष गणेशप्रसाद तिम्लसिनाले बिदाई गरेका हुन ।

दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद रहेका छन् ।

वर्तमान सरकारका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको पनि आजैदेखि सांसदको कार्यकाल सकिएको छ । तर वहालवाला अर्थमन्त्री रहेका खतिवडाले संविधान अनुसार मन्त्री पदमा थप ६ महिना आसिन रहन पाउने छन् । डा. खतिवडाको ठाँउमा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सांसद भने टुङ्गो लाग्न बाँकी रहेको छ ।

पदावधि सकिनेमा प्रदेश १ बाट सरिता प्रसाईं र हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव र मुक्ताकुमारी यादव, प्रदेश ३ बाट बलराम प्रसाद बाँस्कोटा र धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे र बिन्दादेवी आले रहेका छन् ।

यता प्रदेश ५ बाट मीना बुढा र दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशबाट युटोल तामाङ र कालीबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशबाट बद्रीप्रसाद पाण्डे र कमलाकुमारी ओली रहेका छन् । त्यस्तै सांसदहरु खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि सकिएको छ ।

राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट तय गरिएको थियो। ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस १३ सिटसहित थियो तर गोलाप्रथामा कांग्रेसका ७ सांसदको भागमा दुईवर्षे कार्यकाल परेको थियो।

१८ सांसदको दुई वर्षे कार्यकाल सकिनुअघि नै माघ ९ गते सातै प्रदेशमा चुनाव भइसकेको छ । यो चुनावमा नेकपाका १६ र राजपाका २ उम्मेदवार निर्वाचित भएका छन् । उनीहरुले मंगलबारै सपथ लिँदैछन् ।

सम्बन्धित खवर