थोक्फेला लिङदेन र राजु आङदेम्बेको ‘चौबन्दी चोलीले’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोक्फेला लिङदेन र राजु आङदेम्बेको ‘चौबन्दी चोलीले’ सार्वजनिक(भिडियो सहित)


माङसेबुङ / एक पछि अर्को गीत निरन्तर पस्किरहेकी गायिका थोकेक्फेला लिङदेन र लोकप्रिय गायक राजु आङदेम्बेको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाका ‘चौबन्दी चोलीले’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार एस्पी निङलेकुको शव्द सृजना रहेको पुर्वेली लोक भाकालाई गायक राजु आङदेम्बेलेनै लय संकलन गरेका हुन् । पछिल्लो समय थोक्फेला र राजुको युगल गीतहरुलाई दर्शक स्रोताहरुले औधी रुचाएका छन् ।

गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने राजुलेनै मिक्सिङ गरेका हुन् । किङग स्टुडियो अनामनगरमा रेकर्डिङ भएको गीत सुरेश राईले रेकर्डिङ गरेका हुन् ।

थोक्फेला नेपाल(थोक्फेला गार्मेन्ट)को पहिरन रहेको भिडियोलाई इसाक जबेगुले छायाँकन तथा सम्पादन गरेका हुन् ।

सामाजिक रहन सहन र प्रेमलाई प्रस्तुत गर्न खोजिएको भिडियोमा थोक्फेला र राजुलेनै अभिनय गरेका छन् । भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर